९ भाद्र २०८३, मंगलवार
,
Latest
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकका तीन निर्णय सार्वजनिक काठमाडौंदेखि हिमाली भेगका गुम्बा र विद्यालयसम्म सहयोग दैजी–जोगबुढा सडकलाई भीमदत्त राजमार्गको विकल्पमा विकास गर्छौँः मुख्यमन्त्री भट्ट अन्नपूर्णको विपद् व्यवस्थापन कोषमा रु दुई लाख ५० हजार सहयोग बागमतीका मुख्यमन्त्रीलाई विश्वासको मत प्रदेशवासीको मुद्दा प्राथमिकतामा राखिने छ : मुख्यमन्त्री थापामगर प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ १७ हजार भेन्टिलेटर खरिदमा सम्भावित ठगीः हङ्गेरीमा आपराधिक उजुरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नारायणी डेभलपमेन्ट बैंकको एजीएम माघ १६ गते हुने तय



अ+ अ-

काठमाडौँ । नारायणी डेभलपमेन्ट बैंकको १९ औँ वार्षिक साधारण सभा (एजीएम) माघ १६ गते हुने भएको छ । उक्त साधारण सभाले शतप्रतिशत हकप्रद पश्चात पुनः थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नेछ ।

बैंकले हाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको एक बराबर एक हकप्रद शेयर जारी पश्चात कायम हुने चुक्ता पूँजी १३ करोड १२ लाख ३३ हजार ८०० रुपियाँको २०० प्रतिशतले हुन आउने २६ करोड २४ लाख ६७ हजार ६०० रुपियाँ बराबरको २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर जारी गर्ने प्रस्ताव साधारण सभाबाट पारित गर्न लागेको हो ।

मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्टार ब्याङक्वेट, रत्ननगर, चितवनमा दिउँसो १ बजे साधारण सभा गर्ने निर्णय गरेको प्रमुख कार्यकारी अधिकृत पशुपति पौडेलले जनाएका छन् । साधारण सभा प्रयोजनका लागि पुस २९ गतेको दिन बुकक्लोज गर्ने निर्णय गरिएको छ ।

राष्ट्र बैंकले तोकेको न्यूततम चुक्ता पूँजी ५० करोड पुर्याउन बैंकले वार्षिक साधारण सभाबाट थप २०० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागेको सीईओ पौडेलले बताउनु भयो । अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशन सम्बन्धि कार्य गर्न आवश्यक प्रकृया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि एजीएमबाट पारित हुनेछ ।