२४ मंसिर २०८२, बुधबार
,
Latest
सरकारले जेन–जी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसद्वारा परिपत्र जारी जेनजी आन्दोलनका सहिद परिवारको मागः छानबिन होस् र छिटो न्याय पाइयोस् लाटोकोसेरो संरक्षित क्षेत्र बन्यो बास्कुना आईपीएल २०२६ को अक्सनका लागि ३५० खेलाडीहरू सर्टलिस्टमा ‘पूर्ण बहादुरको सारङ्गी’ र ‘परान’ पछि यसैगरी मन जित्ने अर्को चलचित्र ‘मिरमिरे’ आउँदै चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु कुखुरामा ‘एनेमिया भाइरस’ भेटियो १८ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक मुस्ताङमा स्याउ बगैँचा व्यवस्थापन गर्न सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष सीबी लामा कारागार चलान



अ+ अ-

काठमाडौँ । कान्तिपुर सहकारीका तत्कालीन अध्यक्ष चन्द्रबहादुर तामाङ ‘सीबी लामा’ कारागार चलान भएका छन् ।

काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि थुनामा पठाउने आदेशपछि उनलाई केन्द्रीय कारागारमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले जानकारी दिए ।

कान्तिपुर सहकारी र पशुपति सेभिङ एन्ड क्रेडिटको बचत रकम अपचलन गरेर फरार भएका लामाविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरले अनुसन्धान गरेको थियो ।

कान्तिपुर सेभिङ्गमा सर्वसाधारणले बचत गरेको १ अर्ब ५१ करोड ८५ लाख ५२ हजार अपचलन गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

सहकारीका ८५२ जना बचतकर्ताले लामा सहितका सञ्चालकविरुद्ध जाहेरी दिएका छन् । रकम अपचलन गरेको कसुरमा कान्तिपुरका अध्यक्ष हिमाल विक्रम मल्ल पनि कारागारमा थुनामा छन् ।

निक्षेपकर्ताको रकम हिनामिना गरेको आरोपमा कान्तिपुर सेभिङ्ग एण्ड क्रेडिटका कोषाध्यक्ष प्रेमध्वज लामा, सचिव जोगलाल लामा, सदस्यहरू सानुकान्छा लामा, नारायणप्रसाद रिमाल, इन्दु थापा र देवराज पराजुलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।