९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

अपोलो–८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु
अ अ+ अ-

एजेन्सी । ५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक “अर्थराइज“ फोटो खिच्ने पूर्व अमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उहाँको परिवारले जनाएको छ।

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए। विमानमा एन्डर्स एक्लै हुनुहुन्थ्यो ।

शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताउनुभयो ।

डिसेम्बर १९६८ मा अपोलो–८ मिसनको सदस्य, एन्डर्स उहाँका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्ती मध्ये एक हुनुहुन्थ्यो ।

चन्द्रमाको एउटा कक्षबाट, एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको बिरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिच्नुभएको थियो । “अर्थराइज“ नामक उक्त तस्बिर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ, र लाइफ म्यागजिनको पुस्तक “संसार बदलेको १०० तस्बिर“हरुको सूचीमा समावेश गरिएको थियो।
।
“सन् १९६८ मा अपोलो–८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठुलो उपहार प्रदान गर्नुभएको थियो।“ नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताउनुभयो ।

सन् १९३३, अक्टोबर १७ मा हङकङमा जन्मिनुभएको एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि–सम्बन्धित सरकारी पदहरू सम्हाल्नुभयो। उहाँ विशेष गरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बन्नुभयो र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गर्नुभएको थियो ।