९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः ओली

सरकार र निजी क्षेत्र दुवैले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्छः ओली
अ अ+ अ-

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा (एमाले) उद्योग व्यवसाय विशेष जिल्ला कमिटीले शनिवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उत्पादन र रोजगारीको क्षेत्रमा विशेष लगानी गर्न सरकार र निजी क्षेत्रले ध्यान दिनुपर्ने बताउनुभएको हो । उहाँले पूँजी र प्रविधिको विकास गर्ने बाटोमा पनि अघि बढ्नुपर्ने आवश्यकता औंल्याउनु भयो ।

अध्यक्ष ओलीले बजेट कार्यान्वयनको सम्बन्धमा पनि आफूले सरकारसँग कुरा गरिरहेको बताउनु भयो । उत्पादन, उत्पादकत्व र उद्योगमा प्रविधिको प्रयोग लगायतका कामहरु नेपालले गर्न सकेमात्रै मुलुकको औद्योगिकीकरणको भविष्य निर्धारण गर्ने उहाँको भनाई थियो । अध्यक्ष ओलीले कृषिलाई आधुनिकीकरण, व्यवसायिकीकरण, औद्योगिकीकरण गर्न नसके अगाडि बढाउन नसकिने तथ्य पनि स्मरण गराउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले उत्पादन र रोजगारीका क्षेत्रमा विशेष लगानी गर्नुपर्दछ । अर्को कुरा हामी आफैँले पुँजी र प्रविधिको विकास गर्ने बाटो लिनुपर्छ । हाम्रो पूँजी र प्रविधिले पुगेन भने पूँजी र प्रविधि बाहिरबाट ल्याउने, आकर्षित गर्ने, इन्भेष्ट गर्ने गर्नुपर्दछ । त्यो बाटो लिनुपर्छ । र मुख्य रुपमा आफूले विकास गर्ने, पूँजीको सृजना गर्ने उत्पादनबाट । त्यस कामतिर लाग्नु पर्दछ । यस सन्दर्भमा सरकारसँग मेरो कुराकानी भईराखेको छ ।

वर्तमान बजेटको सम्बन्धमा, त्यसको कार्यान्वयनको प्रभावकारिताको सम्बन्धमा, त्यसलाई कसरी प्रभावकारी ढंगले लैजानका लागि के सच्याउनु पर्छ ? ती कुराहरुको सन्दर्भमा म कुरा गरिरहेको छु । र अब हामीले कृषि आधारित उद्योग र अन्य उद्योगहरु । कृषिको आधुनिकीकरण, त्यस्तै अन्यत्रको आधुनिकीकरण । उत्पादनमा प्रविधिको प्रयोग, उत्पादकत्व वृद्धिमा प्रविधिको प्रयोग, उद्योगमा प्रविधिको प्रयोगलगायतका कामहरु हामी कति गर्नसक्छौँ । त्यसले हाम्रो औद्योगिकीकरणको भविष्य निर्धारण गर्छ । कृषिको आधुनिकीकरण, औद्योगिकीकरण गर्न सकिएन भने ६० प्रतिशत जनता अहिले पनि त्यसमा निर्भर हुने, त्यसमा आधारित कृषिलाई आधुनिकीकरण गर्न नसकिने, व्यवसायिकीकरण गर्न नसकिने, औद्योगिकीकरण गर्न नसकिने हो भने त्यो हिजोको स्थितिमा रहेर त्यो अगाडि जान सक्दैन ।’

अध्यक्ष ओलीले ६० प्रतिशत भन्दा बढी जनता कृषिमा निर्भर रहेको मुलुकमा त्यस क्षेत्रको विकास गरेर अघि बढनुको विकल्प नरहेको पनि बताउनु भयो ।