• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo
Latest
★   महामन्त्री ढकालबारे उपसभापति अर्याल: पार्टीको अनुशासनबाहिर गएको भए कारबाही हुन्छ ★   यो वर्ष प्रधानमन्त्री बनिन्छ जस्तो लाग्दैन: ओली ★   वीरगञ्जमा सिद्धार्थ बैंकमा भीषण आगलागी ★   ओलीसँगको भेटबारे देउवाको ब्रिफिङ: हाम्रो सम्बन्ध सकारात्मक र सुमधुर छ ★   रोहितको सन्याससँगै को बन्ला भारतको नयाँ टी–२० कप्तान ? ★   प्रधानमन्त्री र मन्त्रीहरु फेर्नका लागि मात्रै दुई प्रमुख दल मिल्ने कुरा संर्किण: काँग्रेस सांसद ★   सत्ता समिकरण फेरबदलको चर्चाबारे गृहमन्त्री– हल्ला मात्रै हो, मलाई थाहा छैन ★   किसानलाई आत्मनिर्भर बनाउन पाँच हजार बिरुवा वितरण ★   म्याग्दीका किसान टिम्मुर खेतीतर्फ आकर्षित ★   न्यायिक प्रणालीको विकास, समयको आवश्यकता र औचित्यताका आधारमा बजेट वितरण भएको छ: अर्थमन्त्री पुन

बुधबार शेयर बजार १३ दशमलव शून्य ७ अंकले बढेर बन्द



काठमाडौं । बुधबार नेप्से परिसूचक १३ दशमलव शून्य ७ अंकले बढेर बन्द भएको छ । यो दिन परिसूचक २ हजार १७८ दशमलव ५७ विन्दुमा पुगेर बन्द भएको हो । सेन्सेटिभ इन्डेक्स पनि ४ दशमलव ४५ अंकले माथी उक्लिएर ४१८ दशमलव १४ विन्दुमा पुगेको छ । यो दिन २०५ ओटा कम्पनीको ४० हजार ३६७ पटकको व्यापारमा उक्त रकम बराबरको १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर कारोबार भएको हो । 

बुधबारको कारोबारमा व्यापारिक समूह र जलविद्युत् समूहको परिसूचक घटेको छ भने बाँकी समूहको घटेको छ । यो दिन व्यापारिक समूहको शून्य दशमलव ८९ प्रतिशत र जलविद्युत समूहको शून्य दशमलव ७६ प्रतिशत परिसूचक घटेको हो । यस दिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १ दशमलव ६८ प्रतिशतले बढेको छ ।

त्यस्तै, निर्जीवन बीमाको १ दशमलव १५ प्रतिशत, विकास बैंकको १ दशमलव शून्य ५ प्रतिशत , बैंकिङको शून्य दशमलव ७२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ५५ प्रतिशत, वित्तको शून्य दशमलव ४१ प्रतिशत, अन्यको शून्य दशमलव ३६ प्रतिशत, जीवन बीमाको शून्य दशमलव १८ प्रतिशत, होटलको शून्य दशमलव शून्य ५ प्रतिशत र म्यचुअल फण्डको शून्य दशमलव ८ प्रतिशत परिसूचक बढेको हो ।

यस दिन कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकको शेयरमूल्य १० प्रतिशतले बढेको छ भने जनउत्थान सामूदायिक लघुवित्तको ९ दशमलव ९९ प्रतिशत, स्वाभिमान लघुवित्तको ९ दशमलव ९६ प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको ९ दशमलव ४९ प्रतिशतले बढेको छ ।

कालिका माइक्रो क्रेडिट डेभलपमेण्ट बैंकको शेयरमूल्य प्रतिकित्ता रू. ८८ ले बढेर अन्तिम मूल्य रू. ९६८ पुगेको हो भने जनउत्थान सामूदायिक लघुवित्तको प्रतिकित्ता रू. १९८ ले बढेर अन्तिम मूल्य रू. २ हजार १७९ पुगेको हो । त्यस्तै स्वाभिमान लघुवित्तको प्रतिकित्ता रू. १३३ ले बढेर अन्तिम मूल्य रू. १ हजार ४६८ , नारायणी डेभलपमेण्ट बैंकको प्रतिकित्ता रू. ५२ ले बढेर अन्तिम मूल्य रू. ५७५ र प्रभु लाइफको प्रतिकित्ता रू. १५ ले बढेर अन्तिम मूल्य रू. १७३ कायम भएको हो ।

प्रभु लाइफको कारोबार खुला भएको चौथो दिन सर्किट लेभलमा मूल्य बढेको हो । यो दिन जोशी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ५ दशमलव १३ प्रतिशतले घटेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता रू. ६ ले घटेर अन्तिम मूल्य रू. १११ कायम भएको हो । 

बुधबार सर्वाधिक रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको भएको छ । यस कम्पनीको रू. २१ करोड ३३ लाख ८६ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार गरेको कम्पनीको शेयरमूल्य भने प्रतिकित्ता रू. ४ ले घटेर रू. २ हजार ३८४ कायम भएको छ । नेपाल लाइफको न्युनतम २ हजार ३७६ देखि अधिकतम २ हजार ५०७ सम्ममा ८९ हजार ४१३ कित्ता शेयर कारोबार भएको छ ।