९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भारत सरकारद्वारा भुकम्पबाट प्रभावित विद्यालय पुननिर्माणकालागी सहयोग हस्तान्तरण

भारत सरकारद्वारा भुकम्पबाट प्रभावित विद्यालय पुननिर्माणकालागी सहयोग हस्तान्तरण
अ अ+ अ-

काठमाडौं,२२ पुस। नेपाल स्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पाले आज राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई भारत सरकारको सहयोगमा निर्माण भइरहेका विभिन्न पुनर्निर्माण परियोजनाबारे छलफल गर्नुभयो ।

भेटका क्रममा खम्पाले नेपालमा भूकम्प प्रभावित शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि ३०करोड ६६ लाख बराबरको चेक हस्तान्तरण गर्नुभयो । सो चेकको हस्तान्तरणसँगै भारतले शिक्षा क्षेत्र पुनर्निर्माण परियोजनाका लागि नेपाल सरकारलाई  ८१ करोड ९८ लाख रुपैयाँ रकम सोधभर्ना गरेको छ ।

नेपालमा शैक्षिक संस्थाहरुको पुनर्निर्माणका लागि भारतले प्रतिबद्धता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान सहयोग कार्यक्रम अन्तर्गत त्रिभुवन विश्वविद्यालय केन्द्रिय पुस्तकालय भवन लगायत ७१ वटा परियोजनाको सञ्चालन हाल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गरिरहेको छ ।

यी परियोजनाहरु गोरखा, नुवाकोट, रामेछाप, दोलखा, काभ्रे, धादिङ र सिन्धुपाल्चोक जिल्लामा रहेका छन् । गोरखामा ३ र नुवाकोटमा ५ वटा विद्यालयको निर्माण सम्पन्न भएका छन् भने अन्य पाँच जिल्लामा ५६ विद्यालयहरु निर्माणाधीन अवस्थामा रहेकोमा ७ वटा विद्यालय ठेक्का हस्तान्तरणको अन्तिम चरणमा रहेका छन् ।

सो भेटमा भारत सरकारको सहयोगमा आवास, स्वास्थ्य तथा सांस्कृतिक सम्पदाको क्षेत्रमा अघि बढिरहेका पुनर्निर्माण परियाजनाबारे पनि छलफल भयो ।

गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर निर्माणका लागि भारतले १५० मिलियन अमेरिकी डलर सहयोग गर्ने प्रतिबद्धता गरेको छ भने १० जिल्लामा १४७ वटा अस्पताल तथा स्वास्थ्य चौकी निर्माणका लागि ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ ।

त्यस्तै ८ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुननिर्माण तथा पुनस्र्थापनाका लागि अर्को ५० मिलियन अमेरिकी डलरको प्रतिबद्धता गरेको छ । आवास क्षेत्रका परियोजनाहरु लगभग सम्पन्न भई लाभग्राहीलाई हस्तान्तरण भइसकेको छ भने शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रका परियोजनाहरु विभिन्न चरणमा द्रुत रुपमा अघि बढिरहेका छन् ।

नियोग उप–प्रमुखखम्पाले नेपाल सरकारले पुनर्निर्माणको क्षेत्रमा गरेको प्रयासमा हातेमालो गर्न भारत सरकार प्रतिबद्ध रहेको कुरा दोहोर्याउनुभयो ।

यसै गरि भारत सरकारले हुम्लाको चंखेली–दार्मास्थितश्री महादेव उच्चमाध्यमिकविद्यालयको भवननिर्माण गर्नका लागि भारतद्वारा ४करोड ४१लाख  आर्थिक सहयोग प्रदान गरेको छ।

भारतीय राजदूतावास, सङ्घीय मामिलातथा सामान्य प्रशासन मन्त्रालय र हुम्लाजिल्लाको चंखेली–दार्मा गाउँ पालिकाका प्रतिनिधिहरुबीच जिल्लाको चंखेली–दार्मास्थितश्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला र पुस्तकालय भवन निर्माणका लागि आज एक सम्झौतापत्रमा हस्ताक्षर भयो ।

नेपाल–भारत मैत्रीविकास साझेदारी कार्यक्रम अन्तर्गत उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि सारिएको यस परियोजनाकालागि भारत सरकारले ४करोड ४१लाख  आर्थिक सहयोग प्रदान गरेको हो ।

सन् १९७६ मा स्थापना भएको उक्त विद्यालय राष्ट्रिय परीक्षाबोर्ड र प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदसँगआबद्घ रहेको छ ।
साना विकास परियोजनाको नामले परिचित यस उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमले विशेष गरी नेपालको स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाई तथाअन्य सार्वजनिक सुविधाहरुको निर्माणका क्षेत्रमाकाम गरिरहेको छ ।

सो परियोजनाअन्तर्गत भारतले सन् २००३ देखि नेपालका सातै वटा प्रदेशमा ४२८ वटा परियोजनाहरु सम्पन्न गरिसकेको छ । यीमध्ये १४ वटा परियोजनाहरु प्रदेश नं ६ मा रहेका छन् जसमा हुम्ला जिल्लामा निर्माण सम्पन्न एक विद्यालय तथा चार विद्यालयनिर्माण परियोजना विविध चरणमा रहेका छन् ।

नजिकका छिमेकीभारत र नेपाल बीच मित्रता र सहयोगको अद्वितीय सम्बन्ध रहेको छ । प्राथमिकताको क्षेत्रमा आवश्यक पूर्वाधार निर्माण गर्नका लागि नेपाल सरकारको प्रयासलाई पूर्णता दिन भारत सरकारको निरन्तर प्रतिबद्घतालाई पनि दुई देशबीच सम्पन्न आजको यस सम्झौतापत्रले प्रतिबिम्बित गरेको छ ।