२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पूर्वप्रधानन्यायाधीश रेग्मीद्वारा संविधान संशोधनमा मूल मर्म जोगाउँदै शासकीय स्थायित्वमा जोड सरकारप्रति पूर्वप्रधानमन्त्री कार्कीको टिप्पणीः शक्तिमा आइयो भनेर विपक्षलाई पूरै निमिट्यान्न गराउँछु भन्नेतिर लाग्नु हुँदैन ३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश…
तपाईं के खोज्दै हुनुहुन्छ ?

खेल क्षेत्रको विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्न आवश्यक छः रक्षामन्त्री उप्रेती



अ+ अ-

बरहथवा । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाललाई नेपालको खेल क्षेत्र विकासका लागि तीनै तहका सरकार मिलेर काम गर्नुपर्ने बताउनुभएको छ ।

आज सर्लाहीको लालबन्दीमा दोस्रो लालबन्दी नेपाल क्योकुशिन–कान कराते राष्ट्रिय प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेल क्षेत्रमार्फत नेपालको पहिचान स्थापित हुँदै गएकाले यसको विकासका लागि सबै मिलेर काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । “हिमालयको देश भनेर नेपालको पहिचान स्थापित भएजस्तै पछिल्लो समय खेल क्षेत्रले पनि अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको पहिचान स्थापित हुँदैछ तर विशेग गरी खेल क्षेत्रको विकासका लागि अझै धेरै काम गर्न बाँकी छन् । यसतर्फ हामी सबै गम्भीर बन्नुपर्छ”, उहाले भन्नुभयो ।

खेलको माध्यमबाट विश्वमा नेपालको नाम उजागर गरेका खेलाडीको उचित संरक्षणका लागि पनि मिलेर काम गर्नुपर्ने उहाँको भनाइ छ । “नेपाली खेलाडीले पोषण, आवश्यकताअनुसारको खेलमैदान पाएका छैनन् तथापि उच्च मनोबलका साथ देशविदेशमा गएर खेल खेल्नु सराहनीय छ”, मन्त्री उप्रेतीले भन्नुभयो,“अब नेपाल सरकारले पनि खेल क्षेत्र र खेलाडीको विकासका लागि काम अझ धेरै काम गर्नुपर्ने आवश्यकता छ । यसमा तीनै तहका सरकार मिलेर अगाडि बढ्नुपर्छ ।”

खेल क्षेत्रमा भौतिक पूर्वाधार र उपयुक्त वातावरण निर्माण गर्न नसक्नुका साथै खेलाडी पलायन तथा युवा खेलाडी दुव्र्यशनीमा लाग्ने समस्या देखिएकाले नयाँ योजनासहित संरक्षण, सम्वर्द्धन र प्रोत्साहनका योजनासहित राज्यले आवश्यक योजना अगाडि बढानुपर्ने खाँचो रहेको मन्त्री उप्रेतीको भनाइ छ ।

यसैगरी उहाँले मधेश प्रदेशको विकासका लागि महत्वपूर्ण मानिएको सुनकोशी मरिन डाइभर्सन, काठमाडौँ निजगढ दु्रतमार्ग निर्माणसम्पन्न भए यहाँको अवस्था बदल्ने भएकाले ती आयोजना समयमै सम्पन्न गर्न लाग्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल क्योकुशिन–कान कराते सङ्घले लालबन्दी–७ स्थित कृषि विकास बैंकको चौरमा आयोजित प्रतियोगितामा विभिन्न प्रदेश तथा विभागीय क्लबका समेत गरी दुई सय ५० जना खेलाडी सहभागिता रहेको क्योकुशिन–कान कराते प्रशिक्षक शशि देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागी खेलाडीलाई प्रमाणपत्र र विजयी खेलाडीलाई प्रमाणपत्र, ट्रफी, मेडल र नगदसहित पुरस्कृत गरिनेछ । आयोजकले महिला तथा पुरुष खेलाडीलाई २५ केजीदेखि माथि विभिन्न तौल समूहमा प्रतिस्पर्धा गराउने जनाएको छ । रासस




भर्खरै