३ श्रावण २०८२, शनिबार
,
Latest
आजदेखि दिदीबहिनी अर्गानिक स्टोर सञ्चालनमा ट्र्याक खुलेको ३३ वर्षपछि सडक कालोपत्र आई. एम. ई. लाइफलाई “नेशनल बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट अवार्ड २०२४“ एमालेको निष्कर्षः भण्डारीको सदस्यता नविकरण पेण्डिङमा छ, अहिल्यै अध्यक्ष बनाएर जान सकिँदैन ‘समाजमा सकारात्मक चेतना जगाउने कवि तथा साहित्यकार राष्ट्रका मेरुदण्ड हुन्’ सम्पदाको प्रवर्द्धन गर्न ‘कोरा साइकलिङ च्यालेञ्ज’ हल गोरु पाल्ने दुई सय ४० किसानलाई प्रोत्साहन रकम नेपाल मेडिकल कलेजले माग्यो दक्ष जनशक्ति विविध विधाका कृतिलाई अनेसास पुरस्कार फिलोसफिकल रिसर्च सेन्टरले मातृभाषामा पनि सामग्री प्रकाशन गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकामा बढ्दो गर्मीका कारण ११ जना अस्पताल भर्ना



अ+ अ-

वासिङ्टन डीसी । एरिजोना राज्यको फिनिक्स शहरमा बढ्दो गर्मीका कारण पूर्व–राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यक्रमका लागि प्रतिक्षा गरिरहेका लगभग एक दर्जन मानिसहरू अस्पतालमा भर्ना भएका छन् ।

फिनिक्स फायर विभागले उत्तरी फिनिक्सको ड्रीम सिटी चर्चमा आयोजना गरिएको कार्यक्रममा सहभागी ११ जनालाई अस्पतालमा लगेको द हिलले जनाएको छ ।

फिनिक्स राष्ट्रिय मौसम विभागका अनुसार यस वर्ष पहिलो पटक बिहीबार तापक्रम ११० डिग्री फरेनहाइट पुगेको बताएको हो ।

अनलाइनमा प्रसारण गरिएको भिडियो र फोटोहरूले चरम गर्मीका कारण धेरै मानिसहरू बेहोस भएको र चिकित्सा सहायताको आवश्यकता परेको देखाइएको छ ।