• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

श्रीमतीको हत्या गरी फरार रहेका नेपाली सेनाका अमल्दार पक्राउ



दाङ । श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् ।

शुक्रबार बिहान तुलसीपुर उपमहानगरपालिका– ६ डुम्रीगाउँस्थित घरमा श्रीमतीको हत्या गरी सेनाका अमल्दार ३६ वर्षीय शालिकराम बुढाथोकी फरार भएका थिए।

हत्या गरि फरार रहेका बुढाथोकीलाई तुलसीपुर बाहिनी चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख एसपी रामबहादुर केसीले जानकारी दिए।

शान्तिसेनाबाट फर्किएर बिदामा घर आएका बुढाथोकीले श्रीमतीलाई परपुरुषसँग आपत्तिजनक अवस्थामा भेटाएपछि खुकुरी प्रहार गरि हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट घाइते भएकी टिका बुढाथोकीको राप्ती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

उनले श्रीमतीका साथमा फेला परेका नेपाली सेनाका जवान आर्यन थापालाई समेत खुकुरी प्रहार गरेका थिए। उनको अवस्था पनि गम्भीर रहेकको प्रहरीले जनाएको छ ।

बुढाथोकीले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।