२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा केरा बगानभित्र दुई बालिका मृत भेटिए



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७मा रहेको स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की एकैठाउँमा मृत भेटिएका हुन् ।

उनीहरूकी आमा २९ वर्षीया अस्मिता न्यौपाने पनि बेपत्ता रहेकी इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले जानकारी दिए ।
घरमा श्रीमान अर्जुन कार्कीसँग सामान्य झगडापछि अस्मिता छोरी लिएर हिँडेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या भएको जस्तो देखिएको इन्स्पेक्टर दाहालले बताए । घटनास्थल नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा पनि फेला परेको उनले बताए ।

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीको अनुसार अस्मिताको खोजिकार्य र घटनाबारे अनुसन्धान भईरहेको छ ।