२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोरङमा केरा बगानभित्र दुई बालिका मृत भेटिए



अ+ अ-

विराटनगर । मोरङको सुन्दरहरैँचामा दुई नाबालिग मृत भेटिएका छन् । सुन्दरहरैँचा नगरपालिका–७मा रहेको स्थानीय नारायण न्यौपानेको केरा बगानभित्र १ वर्षीया आइका र ३ वर्षीया अर्पणा कार्की एकैठाउँमा मृत भेटिएका हुन् ।

उनीहरूकी आमा २९ वर्षीया अस्मिता न्यौपाने पनि बेपत्ता रहेकी इप्रका बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले जानकारी दिए ।
घरमा श्रीमान अर्जुन कार्कीसँग सामान्य झगडापछि अस्मिता छोरी लिएर हिँडेको बताइएको छ ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटनाको प्रकृति हेर्दा विष खुवाएर दुवै बालिकाको हत्या भएको जस्तो देखिएको इन्स्पेक्टर दाहालले बताए । घटनास्थल नजिकै कीटनाशक औषधि ‘मेटासिट’ को बट्टा पनि फेला परेको उनले बताए ।

छोरीहरूलाई विष खुवाएर आमा सम्पर्कविहीन भएको हुनसक्ने प्रहरीको अनुमान छ । प्रहरीको अनुसार अस्मिताको खोजिकार्य र घटनाबारे अनुसन्धान भईरहेको छ ।