६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको खाताबाट पैसा झिकेको भन्दै भीम रावललाई कारबाही, संयोजकमा भट्ट !



भीम रावल
अ+ अ-

कामठााडौं । नेकपाका अध्यक्ष केपी शर्मा ओली पक्षको नेकपाले नेकपा नेता भीम रावललाई कारबाही गरी हटाएको छ । सुदुरपश्चिम प्रदेश कमिटी विस्तार गरेको सो समूहले रावललाई निस्कासन गरेर सो पदमा ओली पक्षमा रहेका पूर्व माओवादी नेता लेखराज भट्टलाई चयन गरेको छ । 

सुदूरपश्चिम प्रदेशको प्रदेश ईञ्चार्ज रहेका भीम रावललाई कारबाहीको सिफारिस गर्दै हटाइएको छ र सो प्रदेश कमिटी विस्तार गरिएको छ। विस्तारित कमिटीको संयोजकमा भट्टलाई सिफारिश गरिएको छ । 

रावल नेकपा प्रचण्ड-नेपाल पक्षमा छन्। उक्त समूहले बुधबार प्रदेश कमिटी विस्तार गरी पाँच सय ५१ सदस्यीय बनाएको छ। सुदुरपश्चिम प्रदेश संयोजकमा ओली पक्षले लेखराज भट्टलाई प्रमुख बनाएको छ। प्रदेश अध्यक्ष भने कर्णबहादुर थापा छन्। थापाकै अध्यक्षतामा बसेको बैठकले प्रदेश कमिटी विस्तार गरेको हो।

पुस २४ गते प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमुख वक्ताका रूपमा धनगढीमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रमलाई भव्य बनाउने योजनास्वरुप यस्तो निर्णय गरिएको अनुमान गरिएको छ । 

नेकपा पार्टीको खाताबाट पैसा निकालेकोले रावललाई कारवाही सिफारिससमेत गरिएको बताइएको छ। बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भनेर भीम रावललाई कारबाही गर्न सिफारिश गरेको बताइएको ओली समूहले जनाएको छ ।