१३ असार २०८३, शनिबार
,
Latest
छ वर्ष लगाएर तयार गरियो प्रतिरक्षा विश्वविद्यालय स्थापनासम्बन्धी विधेयकको मस्यौदा तीन महिनादेखि निःशुल्क वितरण गरिने औषधिको अभाव नेपाललाई विश्व वित्तीय प्रणालीसँग जोड्ने क्रस रिभर बैंकको अभियान ५ वर्ष नाघेका मुद्दा शुन्यमा झार्ने लक्ष्यमा जेन–जी आन्दोलनले अवरोध गर्‍योः न्यायाधीश महेश शर्मा पौडेल हप्तामा पाँच कार्यदिन कायम हुँदा मुद्दा व्यवस्थापनमा चुनौतीः न्यायाधीश श्रीकान्त पौडेल सुशासनका लागि खबरदारी गर्न ‘पारदर्शी समाज’ गठन अमेरिकी शैलीमा विश्वकपको उत्सव मनाउँदै समर्थक माईतीघरमा दृष्टिबिहीनहरूको धर्ना छैटौं दिनमा जारीः सरकारको ध्यानाकर्षण नभएको गुनासो नवप्रवर्तन र दिगो औद्योगिक विकासमार्फत साना तथा मझौला उद्यमलाई सशक्त बनाउन आह्वान न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एयरपोर्टमा कंगना रनावतमाथि हातपात



अ+ अ-

एजेन्सी । बलिउड अभिनेत्री कंगना रनावतमाथि हातपात भएको छ । बिहिबार दिल्ली आउँदा चण्डीगढ एयरपोर्टमा सीआईएसएफ लेडी कन्स्टेबल कुलबिंदर कौरले उनीमाथि थप्पड हानेकी हुन् ।

विमानस्थलमा कंगनालाई थप्पड हानिएको भिडियो सामाजिक सञ्जालमा खुब भाइरल भइरहेको छ ।

किसान आन्दोलनलाई लिएर कंगनाको अभिव्यक्तिलाई लिएर महिला कन्स्टेबल रिसाएकी थिइन् । कंगना र कन्स्टेबलबिच भनाभन भएको थियो । कंगनाले किसान आन्दोलनमा सहभागी महिलाहरू सय–सय रुपैयाँ लिएर बसेको भन्ने अभिव्यक्ति दिएकी थिइन् । त्यतिबेला आफ्नी आमा पनि किसान आन्दोलनमा जाने गरेको कन्स्टेबल कौरले बताएकी छिन् ।

थप्पड हानेको घटनापछि कंगना रनावतले कुलविन्दरलाई कडा भन्दा कडा कारबाही गर्न माग गरेकी छिन् । यस घटनापछि कौर निलम्बनमा परेकी छिन् । यस विषयमा छानबिन गर्न पनि निर्देशन दिइएको छ ।

थप्पडको घटनापछि कंगना रनावतले आफ्नो इन्स्टामा एक भिडियो सार्वजनिक गरेर आफ्नो बयान दिएकी थिइन् । कंगनाले भिडियोमा भनेकी छिन्, ‘मलाई मेरा शुभचिन्तकहरूबाट फोनहरू आइरहेको छ। सबैभन्दा पहिले म सुरक्षित छु भनेर बताउन चाहन्छु। आज चंडीगढ एयरपोर्टमा भएको दुर्घटना सुरक्षा जाँचका क्रममा भएको थियो। म बाहिर निस्किने बित्तिकै अर्को केबिनमा बसेकी महिलाले मलाई पार गर्न पर्खिरहेकी थिइन् र मेरो मुखमा थप्पड हानेर गाली गर्न थालिन् ।’

कंगनाले थप भनिन्, ‘मलाई थप्पड हानेकी महिला सीआईएसएफ गार्ड हुन् । मैले उनलाई किन यस्तो गरिन् भनेर सोध्दा उनले किसान आन्दोलनलाई समर्थन गर्ने बताइन् । तर मेरो चिन्ता यो छ कि पञ्जाबमा बढ्दो आतंकवाद र अतिवादलाई कसरी सम्हाल्ने?’

कंगनाले भर्खरै भाजपाको टिकटमा हिमाचल प्रदेशको मंडी सिटबाट लोकसभा चुनाव जितेकी थिईन् ।