३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अस्ट्रेलियाका लागि विश्वकप जिताएका प्याट कमिन्स पानी दिँदै देखिए



अ+ अ-

एजेन्सी । अष्ट्रेलियाले टी-२० विश्वकप २०२४ को विजयी सुरुवात गरेको छ । पहिलो खेलमा अष्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको थियो ।

विश्वकपको पहिलो खेलमा प्याट कमिन्स मैदान बाहिर बसेका थिए । यतिबेला प्याट कमिन्सको तस्बिर सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । तस्विरमा प्याट कमिन्स ड्रिंक ब्रेकको समयमा पेय बोक्दै गरेको देखिन्छन्।

विश्वकप र आईसीसी टेस्ट च्याम्पियनसिप जितेका कप्तानले आफ्ना खेलाडीहरुलाई ड्रिंक बोकेर मैदानमा जादै गर्दा क्रिकेट फ्यानहरूले यो पल निकै विशेष रहेको बताएका छन् । कमिन्समा कुनै घमण्ड नरहेको भन्दै फ्यानहरुले उनको खुलेर तारिफ गरेका छन् ।

टी-२० विश्वकपमा अष्ट्रेलियाको कप्तानी अलराउन्डर मिचेल मार्सले गरेका छन् । ओमानविरुद्ध पहिले ब्याटिङ गरेको अस्ट्रेलियाले २० ओभरमा ५ विकेट गुमाएर १५४ रन बनाएको थियो । जवाफमा ओमानको टोलीले २० ओभरमा ९ विकेट गुमाएर १२५ रन मात्र बनाएको थियो ।