२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित
तपाईं के खोज्दै हुनुहुन्छ ?

देशलाई समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्छः सांसद भण्डारी



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मुलुकलाई आर्थिक रुपले समृद्ध बनाउनको निम्ति शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको छ ।

बुधवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उहाँले नेपाललाई आर्थिक रुपले समृद्ध बनाउन शिक्षा र स्वास्थ्यको हब बनाउनुपर्ने बताउनुभएको हो । त्यस्तै जलस्रोतमा लगानी गर्नुपर्ने र सिमान्तकृत वर्गलाई जलस्रोतको शेयर दिनुपर्ने उहाँले बताउनु भयो । उहाँले कृषिलाई बढावा दिनुपर्ने र आइटीको हब बनाउनसके रोजगारी सिर्जना हुने पनि बताउनुभयो । सांसद भण्डारीले विदेशमा रहेका युवाहरुको पैसा बैंकमार्फत ल्याएर जलस्रोत, पर्यटन, सडक तथा सुरुङमार्गमा शेयर दिनुपर्ने बताउनु भयो । उहाँले कुनै प्रकारको ऋण भने लिनु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मुलुक बनाउने के गर्नुप¥यो भने भारत र चीनको बीचमा रहेको नेपाल शिक्षा र स्वास्थ्यको हब गराउनुप¥यो । जलस्रोतमा लगानी गरेर सिमान्तकृत वर्गहरुलाई शेयर बनाउनुप¥यो । कृषिलाई बढावा दिनुप¥यो । र आइटीको हब बनाउने बित्तिकै यसले मुलुकमा रोजगारी पनि दिन्छ । देशको आम्दानी पनि बढ्छ । आयस्रोत कहाँबाट ल्याउँछौँ भन्दाखेरी अब ऋण नखोज्ने । विदेशमा रहेका युवा, युवतीहरुको पैसा एउटा बैंकबाट ल्याएर विकासमा लगाइदेउ । जलस्रोतमा, पर्यटनमा, सडकमा, सुरुङमार्गमा शेयर गरिदेउ । नाफा पनि हुन्छ । उनीहरु पनि नेपाल आउँछन् । हामीले कसैको ऋण लिनुपर्दैन ।’

त्यस्तै एक वर्षका लागि उद्योग खोल्न लगानीको आयस्रोत देखाउनु नपर्ने व्यवस्था गर्नुपर्ने पनि उहाँले बताउनु भयो ।