७ श्रावण २०८३, बिहीबार
,
Latest
संविधान ‘लिक’ बाहिर छ, अध्यादेशको व्यवस्था खारेज गर्नुपर्छ: वरिष्ठ अधिवक्ता भट्टराई पार्टी र संसद दुवैतिर विवेक र तर्क कमजोर बन्दै गएको छः भीष्मराज आङदेम्बे करदातालाई दपेटेर होइन, खुसी पारेर कर उठाउनुस्: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते जैविक कृषि प्रवर्द्धन र निर्यातका समस्या समाधान गर्न सरकार गम्भीर छ : प्रधानमन्त्री साह कास्कीमा ‘अप्रेसन ३६५’, १८ मोटरसाइकल नियन्त्रणमा नारायणी लिफ्टको १३ किलोमिटर नहर अतिक्रमणमा कोशीमा ७४ प्रतिशत धान रोपाइँ विमानस्थलबाट आठ किलो गाँजासहित दुई पक्राउ नेपाल श्रीलङ्कासँग पराजित
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा कोरोनाको अनुवंशीय अनुक्रम अन्य देशको जस्तै



अ+ अ-

काठमाडौं । नेपालमा देखिएको कोरोना भाइरसको अनुवंशीय अनुक्रम विश्वव्यापी रूपमा भएको अनुक्रम नै भएको पाइएको छ । नेपाली सार्स कोभिड टु भाइरस धेरैजसो जीएच र जीआर समूहको भएको देखिएको छ ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना संक्रमित बिरामीको सार्स कोभिड टु भाइरसको अनुवांशिक अनुक्रमीय व्याख्या सर्वेक्षणका क्रममा यस्तो पाइएको छ । नेपालमा देखिएको कोरोना भाइरसको सम्भावित स्रोत भारत, साउदी अरेबिया, युरोप र संयुक्त राज्य अमेरिकामा भएको देखिएको छ ।

अनुसन्धानमा सर्वेक्षण गरिएकामध्ये ५८ दशमलव २ प्रतिशतलाई होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको पाइएको छ । यस्तै देशभर ५९ दशमलव ३ प्रतिशत कोरोना संक्रमितले घरेलु उपचार गुर्जो र बेसारको प्रयोग गरेको पाइएको छ । सर्वेक्षण गरिएका संक्रमितमध्ये ५८ दशमलव २ प्रतिशतमा होम आइसोलेसनको दौरानमा मानसिक अशान्ति भएको देखिएको छ ।  राजधानी दैनिकबाट (प्रशान्त वली)