काठमाडौँ । काठमाडौं तीनकुनेस्थिति मदन भण्डारी स्मृति पार्क नजिकै एक घरमा भएको आगलागी नियन्त्रणमा आएको छ ।
सुरक्षा निकाय र स्थानीयबासी खटिएर दमकलले आगो निभाएको हो ।
चाउचाउ, बिस्कुट गोदाममा ग्यास लिकेज भई आगलागी भएको बताइएको छ ।
आगलागी नियन्त्रणको लागि नम्बर २० विपद् उद्धार गण सिनामंगलबाट टोली खटाइएको थियो ।
आगलागीबाट दुईजना घाइते भएका छन् । उनीहरूको अवस्थामा सामान्य छ । क्षतिको विवरण भने आउन बाँकी छ ।