४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी

लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी
अ+ अ-

एजेन्सी । लोकसभा चुनाव २०२४ को ५४२ सीटको नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले चुनाव जितेका छन् ।

विजेताहरूमा कंगना रनावत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारीजस्ता नामहरू समावेश छन्, जबकि भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी हारेका छन् ।

यस चुनावमा सेलिब्रेटीमध्ये सबैभन्दा ठूलो जित २ लाख ९३ हजार ४०७ मतसहित हेमा मालिनी भएकी छन् । उता राज बब्बर र निरहुआ जस्ता कलाकारहरु पराजित भए ।

‘ड्रीम गर्ल’ हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनको अगाडि कांग्रेस नेता मुकेश धनगर थिए ।

हिमाचल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी कंगनाले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् ।

टीएमसीका तर्फबाट शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९,५६४ मतले पराजित गरे ।

चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुणले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराए ।

अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन् । उनीविरुद्ध कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमार थिए ।

भारतीय जनता पार्टीका तर्फबाट उत्तरपूर्वी दिल्ली सिटमा उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन् । मनोज १३ हजार ७ सय ७८ मतले विजयी भएका छन् ।

उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन् ।

अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले पराजित गरिन् ।

बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरेकी छन् । अभिनेत्री तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।

बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन् ।

बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए ।