२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनावमा १५ मध्ये ११ फिल्म स्टार विजयी



अ+ अ-

एजेन्सी । लोकसभा चुनाव २०२४ को ५४२ सीटको नतिजा सार्वजनिक भएको छ । यसपटक १५ जना सेलिब्रेटीले लोकसभा चुनाव लडेका थिए, जसमध्ये ११ जना सेलिब्रेटीले चुनाव जितेका छन् ।

विजेताहरूमा कंगना रनावत, हेमा मालिनी, शत्रुघ्न सिन्हा, रवि किशन, मनोज तिवारीजस्ता नामहरू समावेश छन्, जबकि भोजपुरी स्टार पवन सिंह र निरहुआ नराम्ररी हारेका छन् ।

यस चुनावमा सेलिब्रेटीमध्ये सबैभन्दा ठूलो जित २ लाख ९३ हजार ४०७ मतसहित हेमा मालिनी भएकी छन् । उता राज बब्बर र निरहुआ जस्ता कलाकारहरु पराजित भए ।

‘ड्रीम गर्ल’ हेमा मालिनीले उत्तर प्रदेशको मथुरा सिटबाट भाजपाको टिकट पाएकी थिइन् । उनको अगाडि कांग्रेस नेता मुकेश धनगर थिए ।

हिमाचल प्रदेशको मण्डीबाट भाजपाको टिकट पाएकी कंगनाले कांग्रेस नेता विक्रमादित्य सिंहलाई पराजित गरेकी छन् ।

टीएमसीका तर्फबाट शत्रुघ्न सिन्हाले पश्चिम बंगालको आसनसोल सिटबाट भाजपा नेता एसएस अहलुवालियालाई ५९,५६४ मतले पराजित गरे ।

चर्चित टेलिभिजन शो ‘रामायण’मा भगवान श्रीरामको भूमिका खेलेर चर्चित बनेका अभिनेता अरुण गोविल उत्तर प्रदेशको मेरठबाट विजयी भएका छन् । भाजपाको टिकटमा चुनाव लडेका अरुणले सपा नेता सुनिता वर्मालाई १०,५८५ मतले हराए ।

अभिनेता तथा पार्श्व गायक सुरेश गोपी पनि केरलाको त्रिशूर सिटबाट चुनाव जितेका छन् । उनीविरुद्ध कम्युनिस्ट पार्टीका नेता वी.एस. सुनिल कुमार थिए ।

भारतीय जनता पार्टीका तर्फबाट उत्तरपूर्वी दिल्ली सिटमा उम्मेदवार मनोज तिवारीले कांग्रेस नेता कन्हैया कुमारलाई पराजित गरेका छन् । मनोज १३ हजार ७ सय ७८ मतले विजयी भएका छन् ।

उत्तर प्रदेशको गोरखपुर सिटबाट भोजपुरी स्टार रवि किशनले समाजवादी पार्टीकी नेतृ काजल निषादलाई पराजित गर्दै विजयी भएका छन् ।

अभिनेत्री सयोनी घोष पश्चिम बंगालको जादवपुरबाट चुनाव लडेकी थिइन् । उनले भाजपा नेता अनिर्बान गांगुलीलाई २,५८,२०१ मतले पराजित गरिन् ।

बंगाली सिनेमाकी अभिनेत्री शताब्दी रोयले भाजपा नेता देवतनु भट्टाचार्यलाई ठूलो अन्तरले पराजित गरेकी छन् । अभिनेत्री तृणमूल कांग्रेसको टिकटमा पश्चिम बंगालको वीरभूमबाट चुनाव लडेकी थिइन् ।

बंगाली अभिनेत्री रचना बनर्जी पश्चिम बंगालको हुगली सिटमा विजयी भएकी छन् । उनले तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेकी थिइन् । उनको विपरीत अभिनेत्री तथा राजनीतिज्ञ लकेट चटर्जी थिइन् ।

बंगाली सिनेमामा देव भनेर चिनिने अभिनेता अधिकारी दीपकले पनि पश्चिम बंगालको घाटाल सिट जितेका छन् । तृणमूल कांग्रेसको तर्फबाट चुनाव लडेका अभिनेताले भाजपा नेता हिरण्मय चट्टोपाध्यायको सामना गरिरहेका थिए ।