• १४ असार २०८१, शुक्रबार
  •      Fri Jun 28 2024
  •   Unicode
Logo
Latest
★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी ★   हिना खानलाई स्तन क्यान्सर ★   कोशीमा १४ प्रतिशत रोपियो धान

काठमाडौं उपत्यकालाई सांस्कृतिक शहर घोषणा गरौं: प्रमुख सचेतक परियार



काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

बुधवार सरकारले प्रतिनिधि सभामा पेश गरेको आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा उहाँले काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा विकास गर्न आवश्यक रहेको बताउनुभएको हो । मुलुक आधुनिक विकासको ढाँचामा जाने हो भने शैक्षिक शहर, सांस्कृतिक शहर, आर्थिक शहरको रुपमा पनि घोषणा गरी सरकारले काम गर्नुपर्ने प्रमुख सचेतक परियारको भनाई थियो । उहाँले लामो संघर्षबाट प्राप्त राजनीतिक व्यवस्थामा सरकारले अर्थमा जोड दिएर काम गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संघीयता कार्यान्वयनका विषयमा पनि धेरै काम गर्न बाँकि छ । नागरिक अधिकार, मानव अधिकार र सास्कृतिक अधिकारहरु बचाउन र त्यो अधिकारलाई सुनिश्चित गर्न पनि हामीले धेरै कुरा गर्न बाँकि छ । बजेटमा संस्कृतिलाई सम्वद्र्धन गर्ने कुरा गरिएको छ । मलाई लाग्छ–सकिन्छ भने काठमाडौ, ललितपुर र भक्तपुरको यो उपत्यकाको तीन वटै सहरलाई अथवा काठमाडौं उपत्यकालाई सांस्कृतिक शहरको रुपमा घोषणा गरौं । र सांस्कृतिक सहरको रुपमा यसलाई विकास गरौं । किनभने शहरहरु विभिन्न किसिमका हुन्छन । अब हामीले आधुनिक विकासमा जाने हो भने शहरहरुलाई शैक्षिक सहर, सांस्कृतिक शहर, विकसित शहर, आर्थिक सहरको रुपमा पनि घोषणा गर्नुपर्छ भन्ने मलाई लाग्छ । लामो संघर्षबाट प्राप्त गरेको राजनीतिक व्यवस्था जसरी हामीसँग छ । त्यो व्यवस्थालाई कार्यान्वयन गर्नका लागि अव हामीले विशेष गरी अर्थमा अर्थनीतिमा काम गर्नुपर्छ भन्ने लाग्छ । ’

प्रमुख सचेतक परियारले सरकारले संघीयता कार्यान्वयनका क्षेत्रमा धेरै काम गर्न बाँकि रहेको पनि बताउनु भयो ।