४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री छोरी उत्थानका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान भयो: काँग्रेस सांसद बलायर



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद वीरबहादुर बलायरले प्रधानमन्त्री छोरी उत्थान कार्यक्रमका लागि विनियोजित बजेटले आम छोरीहरुको अपमान गरेको टिप्पणी गर्नुभएको छ ।

सरकारले सो कार्यक्रममा लागि १० करोड बजेट विनियोजन गरेको छ । सांसद बलायरले विनियोजित सो बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै छोरीहरुको अपमान गरेको बताउनुभएको हो ।

बुधबार प्रतिनिधि सभा बैठकको शुन्य समयमा बोल्दै उहाँले यस्तो अपमान हुने खालको बजेट निवियोजन गर्नुभन्दा त्यसलाई हटाउन उपयुक्त हुने सुझाव पनि सरकारलाई दिनुभयो । सांसद बलायरले द्वारिकादेवी ठकुरानी स्मृति भवनका लागि तत्काल बजेटको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले भूकम्पले थला परेका कतिपय नागरिकका लागि अझै पनि बजेटको व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘महिला राजनीतिमा नेपालमा मात्रै नभएर एशियामा नै चर्चित नाम हो– एशियामा नै द्वारिकादेवी ठकुरानी । उहाँको स्मृतिमा गत वर्ष सरकारले केही बजेट विनियोजन गरेर उहाँको स्मृति भवन बनाउने तय गरेको थियो डोटीमा । तर अहिलेको सरकारले त्यसलाई अधुरैमा राख्यो । त्यसैले यथाशिघ्र त्यसको बजेटको व्यवस्थाका लागि म सरकारको ध्यानाकर्षण गराउनु चाहन्छु । यस्तै गरेर प्रधानमन्त्री छोरी कार्यक्रम आयो । प्रधानमन्त्रीको छोरी, अर्थमन्त्रीको छोरी अथवा मेरै छोरी अथवा सांसदहरुका छोरीहरु हुन् भने त मलाई केही भन्नुछैन । तर जनताको छोरीका लागि हो भने यो विनियोजित बजेटले राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा छोरीहरुको अपमान भएको छ । बरु त्यति नै रकम विनियोजन गर्ने हो भने त्यसलाई हटाईदिँदा जाति हुन्छ जस्तो मलाई लाग्दछ ।’

सांसद बलायरले सरकारले भूकम्प पीडितहरुको राहतमा एकरुपता ल्याउन नसकेको आरोप पनि लगाउनु भयो ।