२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु
तपाईं के खोज्दै हुनुहुन्छ ?

हारबाट हतोत्साहित हुनुपर्ने अवस्था छैन: सोमपाल कामी



अ+ अ-

अमेरिका । खराब ब्याटिङ गरेपछि नेपालले मंगलवार नेदरल्याण्ड्सविरुद्ध हारसँगै आइसिसी ट्वान्टी–२० विश्वकपको यात्रा शुरु गरेको छ ।

अमेरिकाको टेक्सासमा नेदरल्याण्ड्सबिरुद्ध बिर्सनलायक ब्याटिङपछि बलिङमा साथ पाए पनि नेपाल ६ विकेटले पराजित हुन पुग्यो । नेपाली समर्थक ग्रान्ड पेरी रंगशालामा पूर्ण भरिभराउ रहँदा टियु क्रिकेट मैदानकै अनुभूति भएको थियो । तर ती दर्शकले जितको खुशी भने लिन पाएनन् र सन् २०१४ पछि नेपालको विश्वकपमा पुनरागमन सुखद् बन्न सकेन । दोस्रो पटक विश्वकप खेलेका सोमपाल कामीले यो हारबाट हतोत्साहित हुनुपर्ने अवस्था नरहेको बताउनु भयो ।

‘यो हारबाट दबाबमा छैनौं । जति पनि दबाब थियो, विश्वकप छनोटमा थियो । यहाँ हामी आफूलाई प्रमाणित गर्न आएका हौं । सुपर आठका लागि योग्य टोली हौं भन्ने सन्देश दिन चाहन्छौं । आज हार व्यहोर्‍यौं । तर आगामी तीन खेलमा राम्रो गर्नेछौं,’तिब्र गतिका बलर सोमपालले भन्नुभयो ।

टस जितेर पहिले फिल्डिङ गर्ने नेदरल्याण्ड्सको निर्णय सही सावित भयो । किनकी नेपालले शुरुदेखि नै ब्याटिङमा निकै संघर्ष गर्नुपर्‍यो । एक समय सय रनको आँकडा पनि पार गर्ने अवस्थामा नेपाल थिएन ।

तर कप्तान रोहितकुमार पौडेल र तल्लो क्रमका ब्याटरले ससाना इनिङ खेलेपछि नेपालले १०७ रनको सामान्य लक्ष्य दियो । जबाफी लक्ष्य पछ्याएको डचविरुद्ध नेपालका बलरले कसिलो बलिङ गर्दै चुनौती दिए । तर सफल हुन भने सकेनन् । डच टोली पनि सहजै लक्ष्य भेट्याउन सफल भएनन् । त्यो लक्ष्य पूरा गर्न नेदरल्याण्ड्सले १८.४ ओभरमा मात्र चार विकेटको क्षतिमा पूरा गर्‍यो । डच ब्याटरले पनि शुरुदेखि दबाब सामना गरे । तर धैर्यपूर्वक खेल्दै सहजै विकेट दिएनन् । दोस्रो ओभरमै नेपालले ब्रेक थ्रु पाएको थियो ।

तिब्र गतिका बलर सोमपालले ओपनर माइकल लेभितलाई १ रनमै आउट गर्दै राम्रो शुरुवात दिलाए । तर अर्का ओपनर म्याक्स ओ डाउडले इनिङ समाल्दै ८ बल अगावै जित सुरक्षित गराए । उनी ५४ रनमा अविजित रहे । उनले ४८ बलमा चार चौका र एक छक्का प्रहार गरे । विक्रमजित सिंहले २२ रन, साइब्रान्ड एङ्गलब्राक्टले १४ रन र बास डी लिडले ११ रन जोडेपछि नेदरल्याण्ड्सको जित सहज बन्यो । बलिङतर्पm सोमपालसँगै दीपेन्द्रसिंह ऐरी र अविनाश बोहराले समान एक विकेट लिए । सोमपालले चार ओभरमा १८ रन मात्र दिए ।

अलराउण्ड प्रदर्शन गरेका करण केसीसँगै दीपेन्द्र र स्पिनर सागर ढकालले पनि किफायती बलिङ गरे । त्यसअघि पहिले ब्याटिङ गरेको नेपाल १९.२ ओभरमा १०६ रनमै समेटिन पुग्यो । २१ वर्षे युवा स्पिनर टिमोथी प्रिङ्गल शिर्ष क्रमका तीन ब्याटर आसिफ सेख, अनिल साह र कप्तान रोहितलाई आउट गरे । आसिफ ४ रन, अनिल ११ रन, रोहित ३५ रनमा पभेलियन फर्किए । नेपालका लागि सर्वाधिक रनकर्ता रोहित १६औं ओभरमा सातौं विकेटका रूपमा आउट भएका हुन् । महत्वपूर्ण विकेट लिएका टिमोथी न्युजिल्याण्ड यु–१९ टोलीबाट खेलिसकेका खेलाडी हुन् ।

उनी म्यान अफ दी म्याचसमेत भए । चार ओभरमा उनले तीन विकेट लिँदै २० रन मात्र दिए । त्यसअघि नेपालले पावर प्लेमा नै दुई विकेट गुमाउँदा २९ रन जोड्यो । युवा अलराउण्डर कुशल मल्ल र एसोसिएटकै उत्कृष्ट अलराण्डर दीपेन्द्र खराब सट खेलेर आउट भए । कुशल ९ रन र दीपेन्द्र १ रनमै पभेलियन फर्किए । अनुभवी सोमपाललाई ब्याटिङ क्रममा प्रमोसन गरिएको थियो । तर त्यो निर्णय पनि सही साबित हुन सकेन । उनले खाता नै खोल्न सकेनन । त्यसपछि रोहित पनि आउट भए र १८औं ओभर सकिँदा नेपाल ९७/७ को नाजुक अवस्थामा पुग्यो ।

तर,तल्लो क्रमका गुल्सन झाले ११ रन र करणले १७ रन खेल्दै नेपालको इनिङ सय रन पार गराए । करणले दुई छक्का र गुल्सनले एक छक्का प्रहार गरे । नेदरल्याण्ड्सको बलिङमा लोगन भान भिकले तीन विकेट तथा पउल भान र डी लिडले समान दुई विकेट लिँदै सस्तैमा नेपालको इनिङ रोके । —न्युज एजेन्सी नेपाल

फोटो- क्यान




भर्खरै