२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुपरहिट फिल्म ‘कवीर सिंह’को पहिलो अफर कुन अभिनेतालाई आएको थियो ?



अ+ अ-

एजेन्सी । बलिउड फिल्म उद्योगमा वर्षेनी कैयौं फिल्महरु प्रदर्शनमा आइरहन्छन् । त्यसमध्ये एक ब्लकबस्टर फिल्म हो ‘कवीर सिंह’ । २०१९ जुन २१ मा रिलिज भएको यस फिल्मले एकपटक शाहिदको करिअरमा थप उचाई थपेको थियो ।

यस फिल्म प्रदर्शनमा आउनुभन्दा पहिले विभिन्न आलोचना खेपेको थियो भने फिल्मले बक्स अफिसमा यति भारी रकम कमाई गर्छ भन्ने सायदै कसैले पनि कल्पना गरेका थिएनन् होला । तर फिल्मले सबैको बोली बन्द गरिदियो ।

यो फिल्म शाहिदको करिअरमै सबैभन्दा सफल फिल्म पनि बनेको छ । तर तपाइलाई सुन्दा अचम्म लाग्न सक्छ, यो फिल्ममा शाहिद पहिलो रोजाइको रुपमा थिएनन् । यस फिलमको लागि पहिले अर्जुन कपुरलाई प्रस्ताव गरिएको थियो ।

तर उनले केही कारणहरु देखाउँदै फिलमबाट हात झिके । उनले एक समारोहमा फिल्मबाट हात झिक्नुको कारण पनि बताएका छन् । फिल्म ‘मुबारकाँ’को निर्माताले अर्जुन रेड्डीको राइट्स अर्जुनलाई ध्यानमा राख्दै खरिद गरेका थिए तर फिल्मको निर्देशक सन्दीपले भने शाहिदसँग भेट गरे ।

जसकारण अर्जुनले आफूले गर्दा अन्यको सम्बन्धमा आँच नआओस भन्दै फिल्मबाट हात झिकेको प्रस्ट पारेका छन् । तर अर्जुनले लगातार फ्लप फिल्महरु दिइरहेका छन् ।

उनको करिअर नै धरापमा परेको छ । यदि उनले ‘कवीर सिंह’मा काम गरेको भए उनको करिअरमा सफलता मिल्थ्यो की ?