काठमाडौं । आज बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९५ हजार ४ सयमा कारोबार भएकोमा आज तोलामा रु १०० सयले घटेको हो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलाको ९५ हजार ३ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ८ सय निर्धारण गरिएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ । आज चाँदीको मूल्य प्रतितोला १३३० नै रहेको महासंघले जनाएको छ ।








