६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वरिष्ठ कलाकार हरिवंश आचार्यलाई चुनाव लड्न सुझाव !(भिडियो सहित)



अ+ अ-

काठमाडौ । वरिष्ठ कलाकार हरिवंश आचार्यलाई खासै नपुग्दो त केही थिएन ।

तैपनि एक दिन विद्युतीय रिक्सा चलाउँदै टुँडिखेलतिर भौंतारिंदै थिए । त्यही बेला उनी आफ्नो भाग्य कस्तो छ भन्दै देखाउन एउटा ज्योतिषकोमा पुग्छन् । जुन ज्योतिष आफ्नै भाग्य र भविष्यका बारेमा अन्योलमा छ । त्यही स्थानमा पिँजडाबाट निस्केर सुगाले मान्छेको भाग्य बताउने गर्थ्याे ।

एक सहकर्मीलाई साथमा लिएर बिन्दास डुल्दै गरेका आचार्यलाई ज्योतिषको भविष्यवाणीप्रति निकै आशा छ ।

त्यसैले त भन्दैछन् –

एउटा कुरा कसैलाई नि भन्नु हुँदैन,

यो कुरोलाई गीत बनाएर गाउन मिल्दैन ।

गाउन मिल्दैन भन्दा भन्दै पनि आचार्यले सही कुुरा गीतमा नै व्यक्त गरेका छन् । भनिन्छ नि कसैलाई पनि नभन्नु भन्दै सबैलाई भनेको कुरा जस्तै  । आखिर ज्योतिषले के भनेछन् त ?

आचार्यलाई उनले भनेका छन् –

टुँडीखेलमा हात देखाउँदा ज्योतिषेले धनी हुन्छ भने
टुँडीखेलमा हात देखाउँदा ज्योतिषेले चुनाव लड्न भने ।

मुलुकमा यतिबेला हुने नहुने चुनावको चर्चा छ । तर पनि आचार्यलाई ज्योतिषले चुनाव लड्ने सल्लाह दिइसकेका छन् ।  आखिर चुनाव लडेर के गर्लान् त ? भ्रष्टाचार महापाप हो, गर्दै गर्न हुन्न, भ्रष्टाचार गरेर त दुई पैसा नि छुन्न, घुसचाहिँ शाकाहारी खान हुन्छ भन्छन्,  अन्त जान पर्दैन घरमै ल्याइदिन्छन् । जुन नेपाली राजनीतिको पर्याय जस्तै बनेको छ ।

कम्बल ओडेर ध्यु खाने नेताहरुको प्रवृत्तिलाई आचार्यले राम्रोसँग दनक दिएका छन् ।

गीतमा आचार्य भन्छन् —

भ्रष्टाचारको नेपालमा नाम नि लिन हुन्न,

रोक्नुपर्छ भष्टाचारको जालो अब बुन्न,

कमिसनचाहिँ स्वास्थ्यवर्द्धक खानै पर्छ भन्छन्, 

खान्न खान्न भन्छु म त साह्रै कर गर्छन् ।

नेता र बिचौलिया अरुका अगाडि इमान्दार देखाउन खोज्ने तर धन्दा नछाड्ने कुरालाई हरिवंशले राम्ररी उजागर गरेका छन् ।  म्युजिक भिडियोसहित  हालै सार्वजनिक भएको हरिवंशका गीतले नेपाली समाजको छोप्न खोजिएको तर सर्बत्र उदाङ्गो भएको घटना सार्वजनिक गरेको छ ।

विभिन्न भाव भंगीमा प्रस्तुत चरित्र माथि पूर्ण न्याय गर्दै आचार्यले पात्र र चरित्र अनुसार आवाजमा पनि न्याय गरेका छन् । सागरराज शर्माको निर्देशनमा बनेको म्युजिक भिडियोमा  किरण तुलाधर, विकास भट्टराई, शशीकुमार खड्का र मुकुन्द अधिकारीले अभिनयमा साथ दिएका छन् । किरण तुलाधरको संगीत संयोजन रहेको गीतलाई सत्यदीप केसीको छायांकन, बिजु प्रजापतिको छायांकन निर्देशन र रामकाजी कँडेल (गणेश) को सम्पादनले झनै उत्कृष्ट बनाएको छ ।