६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनावः पहिलो इन्ट्रीमै कंगनाको जित



अ+ अ-

एजेन्सी । आज सिंगो भारत चुनावी रंगमा डुबेको छ । करिब एक महिनापछि लोकसभा चुनावको नतिजा आज आउने क्रम जारी छ । यसपटक बलिउडका धेरै सेलिब्रेटीहरू पनि राजनीतिमा आउन चुनावी मैदानमा उत्रिएका छन् ।

अभिनेत्री कंगना रनावत पहिलो पटक चुनाव लडेकी छिन् र पहिलो प्रयासमा नै जितेकी छिन् ।

कंगना हिमाचल प्रदेशको आफ्नो गृहनगर मण्डीबाट भारतीय जनता पार्टी (बीजेपी) को तर्फबाट उम्मेदवार थिइन् । लोकसभा चुनावमा अभिनेत्री प्रारम्भिक ट्रेन्डमा झन्डै ७३ हजारले अगाडि थिइन् । अहिले उनले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गर्दै विजयी भएकी छन् ।

यसैबीच, कंगना रनावतले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै आफ्ना विपक्षीहरूको खिल्ली उडाएकी छिन् । अभिनेत्रीले एउटा पोष्ट पुनः सेयर गर्दै क्याप्शन लेखेकी छन् , ‘एउटा एक्लोले सबैलाई जित्छ । यो ठूलो कथा हो किनभने अन्य सबै पार्टीहरू एकसाथ आएका छन् । यो वास्तवमै एक मानिस भर्सेस ४० चोरहरू हो ।’

यस्तै, कंगनाले जितपछि मण्डीका जनताप्रति आभार व्यक्त गरेकी छिन् । एक्स (ट्वीटर)मा पोस्ट गर्दै, अभिनेत्रीले भनिन्, ‘यस समर्थन, यो माया र विश्वासको लागि मन्डीका सबै जनतालाई हृदयदेखि धन्यवाद । यो जित तपाईं सबैको हो, यो प्रधानमन्त्री मोदी जी र भाजपामा विश्वासको जीत हो, यो हो सनातनको जित । यो सम्मानको जित हो ।’

‘रामायण’का अरुण गोविल, हेमा मालिनी, मनोज तिवारी, शत्रुघ्न सिन्हा, पवन सिंह, रवि किशन, दिनेश लाल यादव, पवन कल्याण र ‘रामायण’का सुरेश गोपी जस्ता कलाकार यसपटक लोकसभा चुनावमा उभिएका छन् । यस पटकको लोकसभा चुनावमा आइएनडिआईएले एनडीएलाई कडा टक्कर दिएको छ ।