२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
३० हजार मेगावाटको लक्ष्य असम्भव छैन, ४० कम्पनीले ५–५ सय मेगावाट बनाए पुग्छः मोहन डाँगी विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… सम्पत्ति विवरण सार्वजनिक गर्नु पारदर्शिता हो, तर छानबिन विधिसंवत हुनुपर्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की
तपाईं के खोज्दै हुनुहुन्छ ?

लोकसभा चुनावः पहिलो इन्ट्रीमै कंगनाको जित



अ+ अ-

एजेन्सी । आज सिंगो भारत चुनावी रंगमा डुबेको छ । करिब एक महिनापछि लोकसभा चुनावको नतिजा आज आउने क्रम जारी छ । यसपटक बलिउडका धेरै सेलिब्रेटीहरू पनि राजनीतिमा आउन चुनावी मैदानमा उत्रिएका छन् ।

अभिनेत्री कंगना रनावत पहिलो पटक चुनाव लडेकी छिन् र पहिलो प्रयासमा नै जितेकी छिन् ।

कंगना हिमाचल प्रदेशको आफ्नो गृहनगर मण्डीबाट भारतीय जनता पार्टी (बीजेपी) को तर्फबाट उम्मेदवार थिइन् । लोकसभा चुनावमा अभिनेत्री प्रारम्भिक ट्रेन्डमा झन्डै ७३ हजारले अगाडि थिइन् । अहिले उनले कांग्रेसका विक्रमादित्य सिंहलाई पराजित गर्दै विजयी भएकी छन् ।

यसैबीच, कंगना रनावतले इन्स्टाग्राम स्टोरीमा एक पोस्ट गर्दै आफ्ना विपक्षीहरूको खिल्ली उडाएकी छिन् । अभिनेत्रीले एउटा पोष्ट पुनः सेयर गर्दै क्याप्शन लेखेकी छन् , ‘एउटा एक्लोले सबैलाई जित्छ । यो ठूलो कथा हो किनभने अन्य सबै पार्टीहरू एकसाथ आएका छन् । यो वास्तवमै एक मानिस भर्सेस ४० चोरहरू हो ।’

यस्तै, कंगनाले जितपछि मण्डीका जनताप्रति आभार व्यक्त गरेकी छिन् । एक्स (ट्वीटर)मा पोस्ट गर्दै, अभिनेत्रीले भनिन्, ‘यस समर्थन, यो माया र विश्वासको लागि मन्डीका सबै जनतालाई हृदयदेखि धन्यवाद । यो जित तपाईं सबैको हो, यो प्रधानमन्त्री मोदी जी र भाजपामा विश्वासको जीत हो, यो हो सनातनको जित । यो सम्मानको जित हो ।’

‘रामायण’का अरुण गोविल, हेमा मालिनी, मनोज तिवारी, शत्रुघ्न सिन्हा, पवन सिंह, रवि किशन, दिनेश लाल यादव, पवन कल्याण र ‘रामायण’का सुरेश गोपी जस्ता कलाकार यसपटक लोकसभा चुनावमा उभिएका छन् । यस पटकको लोकसभा चुनावमा आइएनडिआईएले एनडीएलाई कडा टक्कर दिएको छ ।




भर्खरै