२८ मंसिर २०८२, आईतवार
,
Latest
पर्यटन सबलीकरणका सूत्र यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर तुलसीमान श्रेष्ठ लोक साहित्य सम्मान-२०८२ डा.राजुबाबु श्रेष्ठलाई प्रदान विभिन्न कार्यक्रमका साथ संसद् सेवा दिवस मनाइँदै एमाले महाधिवेशन: आजबाट बन्दसत्र भृकुटीमण्डपमा शुरु हुँदै एमाले महाधिवेशनः सांस्कृतिकदेखि आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग मेस्सी एक्कासी बाहिरिएपछि समर्थकद्वारा भारतीय रंगशालामा तोडफोड कांग्रेसभित्र प्रजातन्त्र सेनानीको अनुभव प्रयोगको खाँचो छ: डा कोइराला ८५ हेक्टर क्षेत्रफलमा चैते धानखेती विस्तार गरिँदै होटेलमा लुकाइ राखिएको पेस्तोल पड्किँदा एक जना घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो



अ+ अ-

काठमाडौँ । जनता सामाजवादी पार्टी, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

सोमवार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्‍याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको बताइएको छ ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम शुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो । हावाहुरीको कारण गाडिएको बाँसहरु ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिव साढे ८ लाख बराबरको क्षति भएको बताउनु भयो । उहाँले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताउनु भयो ।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथी त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो । मण्डलले महाधिवेशन अगावै पुन: पण्डाल निर्माणको काम पूरा हुने बताउनु भयो । जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।