धनगढी । धनगढी आमसभामा बोल्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टि (नेकपा) कसैको पनि नातेदारको पार्टी नभएको बताउनुभएको छ । उहाँले आज धनगढीमा आयोजित आमसभामा बोल्नुहुँदै नेकपा पुर्ण श्रपमा जनताको पार्टी भएको बताताउनुधएको हो ।
धनगढीस्थित खुलामञ्चमा नेकपा ओली समूह सुदूरपश्चिले आयोजना गरेको जनसभामा बोल्दै उहाँले भन्नुभयो, ‘छोरीबुहारी, सम्धी, सालासालीको पार्टी होइन यो। कोही चोइटिएर जाँदैमा नेकपा सकिदैन ।’
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख वक्ता रहेको सो जनसभामा प्रधानमन्त्रीसहित संघीय सरकारका अन्य ४ मन्त्री पनि छन् । त्यस्तै सभामा नेकपा ओली समूहका कार्यकर्ताहरुको पनि ठूलो सहभागिता रहेको छ।











