९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

भ्रष्ट, देशद्रोही र विदेशीको इशारामा काम गर्ने तत्वलाई परास्त गर्न प्रधानमन्त्री ओलीको आग्रह

भ्रष्ट, देशद्रोही र विदेशीको इशारामा काम गर्ने तत्वलाई परास्त गर्न प्रधानमन्त्री ओलीको आग्रह
अ अ+ अ-

धनगढीः नेकपा (ओली समूह) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्ट तत्व, देशद्रोही र विदेशीको इशारामा काम गर्ने तत्वहरुलाई गाउँगाउँबाट ठेगान लगाउन अनुरोध गर्नु भएको छ ।

सुदूरपश्चिम स्तरीय आमसभालाई शुक्रबार धनगढीमा सम्बोधन गर्दै अध्यक्ष ओलीले चुनावमा त्यस्ता तत्वहरुलाई भोट नदिएर सहयोग गर्न आग्रह गर्नुभयो ।

नेकपा (प्रचण्ड–माधव) समूहमाथि व्यंग्य गर्दै उहाँले भन्नुभयो, “तपाइँहरुले केही गर्नु पर्दैन भोट नदिए पुग्छ । देशका लागि लड्ने, मर्न तयार हुने, विकासका लागि मरिमेट्नेलाई जिताउनुहोस् । मैले हस्ताक्षर गरेर उठाएको उम्मेदवारलाई जिताउनुहोस्, त्यसको जिम्मा म लिन्छु, देश विकासको जिम्मा म लिन्छु, देशको नेतृत्व म लिन्छु ।”  

अध्यक्ष ओलीले विघटित प्रतिनिधिसभा कुनै पनि हालतमा पुनस्र्थापना नहुने जिकिर गर्दै भन्नुभयो, “विघटित संसद पुनस्र्थापना गर्ने कुरा संविधान, व्यवहारिक, कानुन, अन्तर्राष्ट्रिय प्रचलन, मर्यादा कुनै हिसाबले पनि सम्भव छैन । अब चुनावबाट मात्र नयाँ प्रतिनिधिसभा आउँछ ।”

उहाँले प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्नु कोरा राजनीतिक तर्क मात्र भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले संसदले कामै गर्न नसक्ने अवस्थामा ताजा जनादेशमा जानुको विकल्प आफूसँग नरहेको र ६४ प्रतिशतको सर्वसम्मत नेता भएकाले संसद विघटन जायज भएको दाबी गर्नुभयो ।

चुनाव हुनै सक्दैन, केपी ओलीले चुनाव गर्दैन भनेर फिँजाइएको हल्ला निराधार रहेको बताउँदै प्रधानमन्त्री ओलीले भन्नुभयो, “म दोहोर्याएर, तेहेर्याएर भन्दैछु चुनाव वैशाख १७ र २७ गते नै हुन्छ । निर्वाचन आयोग चुनावको तयारीमा लागिसकेको छ ।”

उहाँले समर्थक, कार्यकर्तालाई चुनाव हुने कुरामा ढुक्क हुन आश्वस्त बनाउँदै चुनावको  तयारीमा लाग्न पनि अनुरोध गर्नुभयो । उहाँले भन्नुभयो, “यस चुनावमा खराब तत्वहरुलाई तपाइँहरुले तलैबाट ठेगान लगाउनुहोस्, तिनीहरु माथि गए हैरान बनाउँछन्, दुःख दिन्छन् ।”

प्रचण्ड–माधव समूहका कृयाकलापबाट आफू निकै दुःखी भएको जनाउँदै प्रधानमन्त्री ओलीले व्यंग्यमिश्रित शब्दमा भन्नुभयो, “भगौडाहरुका कुराहरु सुन्नु भएको होला, उनीहरुका कुराहरु सुन्नु पर्दैन । केन्द्रीय कमिटीमा नआएर भागेका छन्, हामी यहाँ छौं भनेर सडकमा बसेका छन् । सडकमा बसेर, गाली गलौज गरेर, पत्रपत्रिकामा लेखाएर, अश्लिल नाराहरु लगाएका छन् । हामीलाई गालीगलौज गर्ने फुर्सद छैन, दन्त बजान गर्ने हामीलाई फुर्सद छैन ।”

प्रधानमन्त्री ओलीले अघिल्लो पटक आफूले भारतको नाकाबन्दी डटेर सामना गरेको प्रसंग उल्लेख गर्दै नाकाबन्दीका विरुद्ध नेपाली जनताले राखेको अडान र सहयोगप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “अहिले हामी चीनतर्फका नाकाहरु खोल्दैछौं । किमाथान्का लगायतका नयाँ नाकाहरु खुल्दैछन् । भारतसँगको हाम्रो सम्बन्ध आफ्ना अधिकारहरु सुरक्षित राखेर लिम्पियाधुरा, लिपुलेक र कालापानीलाई हामीले नक्सा प्रकाशन गरेका छौं । संविधानमा राखेर संशोधन गरेका छौं ।”

तर अहिले राष्ट्रिय राजनीतिमा आएको कोकोहोलो नेपालको भूमि समेटेर नयाँ नक्सा जारी भएपछि शुरु भएको प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रचण्ड–माधव समूहका शीर्ष नेताहरुको नाम नलिई उहाँले भन्नुभयो, “बाहिर गएर राष्ट्रवादी देखाउने, भित्रभित्र नक्सा छाप्यो भनेर उखरमाउलो गर्ने काम कसले गरेको छ त्यो तपाइँहरुले पनि चिन्नु भएको छ ।”

सुदूर पश्चिमको विकासका लागि आफू सदैब लागिरहेको बताउँदै नेकपा नेता भीम रावलप्रति कटाक्ष गर्दै भन्नुभयो, “एउटा प्रदेशबाट एक जनालाई मात्र कति मन्त्री बनाउने ? अहिले सुदूर पश्चिमले ४ जना मन्त्री पाएको छ, तर उहाँ दुःखी हुनुहुन्छ । उहाँहरुका सपना ठूला थिए, तर ती राष्ट्रका लागि थिएनन् आफ्ना लागि थिए ।”

प्रधानमन्त्री ओलीले सुदूर पश्चिममा खानेपानी, सडक, विमानस्थल लगायतका विकासका लहरहरु शुरु भइसकेको बताउँदै हाम्रो सपना, उद्देश्य नै भ्रष्टाचारको अन्त्य गर्नु हो, राष्ट्रिय आकाँक्षा पूरा गर्नु हो । नेपाललाई सभ्य देश बनाउन चाहन्छौं भन्नुभयो ।