२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

१० वर्षपछि विश्वकप खेल्दैछौँ, हामी बेस्ट दिनेछौँ: कप्तान रोहित



अ+ अ-

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेलले नेदरल्याण्ड र नेपालबीचको खेलमा दबाब सहनसक्ने टोलीले नै गेम जित्ने बताउनुभएको छ ।

विश्वकप शुरु हुनुअघि भएको प्रिम्याच कन्फ्रेन्सका क्रममा कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले विश्वकप खेल्नका लागि आफूहरु सबै उत्साहित रहेको बताउनु भयो । उहाँले १० वर्षपछि नेपालले टि २० विश्वकप खेल्न लागिरहेको भन्दै उहाँले सबैभन्दा राम्रो प्रदर्शन गर्ने बताउनु भयो । उहाँले अहिलेका खेलाडीहरुको सपना आज पूरा हुन लागेको बताउनु भयो । उहाँले पहिलो खेल जित्नु महत्वपूर्ण हुने भन्दै जितका लागि आफूहरु खेल्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामी सबै जना उत्साहित छौँ । यो इभेन्ट एकदमै महत्वपूर्ण छ । विगत १० वर्षदेखि हामी खेलेका थिएनौँ । १० वर्षपछि हामी विश्वकप खेल्दैछाँै । नेपाल क्रिकेटको लागि यो महत्वपूर्ण कुरा हो । हाम्रो यो सपना थियो । हामीले त्यो अवसर पाइरहेका छौँ । २० वटा टिम छन् । सबै टिम ब्यालेन्स र प्रतिष्पर्धी हुनुहुन्छ । नेदरल्याण्ड्ससँग धेरै खेल खेलेका पनि छौँ । जसले प्रेसर ह्याण्डिल गर्दछ त्यही टिमले जित्छ । हामी बेस्ट दिनेछौँ । टुर्नामेण्टमा पहिलो खेल एकदमै महत्वपूर्ण हुन्छ । त्यसले एउटा आत्मविश्वास दिन्छ ।’

उहाँले पहिलो खेल जितेर सबैमा आत्मविश्वास बढाउने सोच रहेको बताउनु भयो ।