काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। योसंगै नेपालमा कुल कोरोना संम्रमण हुनेको संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आज देशभरी ५ अजार २ सय ६९ जनामा कोरोना संक्रमणको परिक्षण् गरिएको थियो । त्यस्तै पछिल्लो २४ घण्टामा ५ सय ८५ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।











