• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

रतुवा खोलाले जीप बगायो, दुई जनाको मृत्यु



विराटनगर । रतुवा खोलामा आएको बाढीले बोलेरो जीप बगाउँदा दुई जनाको मृत्यु भएको छ । जीपमा सवार दुई जनाको मृत्यु भएको हो ।

इलामको चुलाचुली गाउँपालिका–५ चपेटीस्थित दमक लारुम्बा भित्री कच्ची सडकखण्डमा दमकबाट माङ्सेबुङतर्फ जाँदै गरेको जीप रतुवा खोला तर्ने क्रममा एक्कासी आएको बाढीले बगाएको थियो ।

बाढीले जीप बगाउँदा इलामको माङ्सेबुङ गाउँपालिका–५ की अन्दाजी ३० वर्षीय शर्मिला वानेम र माङ्सेबुङ–३ की निरु लिम्बुका छोरा ३ वर्षीय निहाङ लिम्बुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । जीपमा सवार निरु लिम्बु घाइते भएकी छन् ।

लु१च ९४९१ नम्बरको डबल क्याब बोलेरो गाडी खोलाले बगाउँदा चालकसहित तीन जनाले हाम्फालेर आफ्नो ज्यान जोगाएका थिए ।

प्रहरीले सवारी चालक २२ वर्षीय नेत्रहाङ लिम्बुलाई नियन्त्रणमा लिएको छ ।