५ पुष २०८२, शनिबार
,
Latest
बालविवाह रोक्न अभिभावक सक्रिय उपाधि भिडन्तमा एपिएफको खराब प्रदर्शन युद्धविराम सम्झौताको बावजुद गाजामा इजरायली आक्रमण जारी इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको चिसोका कारण मृत्यु काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता कुलमानको कुरा: भाषण होईन नतिजा दिने राजनीति गर्न मैदानमा आएका हौँ आम नागरिकले बुझ्नसक्ने कानून निर्माण गर्न जरुरी: पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ पारिवारिक कथामा आधारित ‘माया मर्दैन’ सार्वजनिक अनि रविका आँखा रसाए… मोबाइल व्यवसायले आर्थिकरुपमा देशलाई चलायमान बनाएको छ: सञ्चारमन्त्री खरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘फलिङ फर यु’ म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)



अ+ अ-

काठमाडौं । भ्वाइस अफ नेपालको मञ्चबाट परिचित गायक सनिश श्रेष्ठको सुमधुरस्वरमा सजिएको ‘फलिङ फर यु’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

‘डान्सिङ भर्सन’ को  यस गीतलाई कोविद बज्र र कर्म शेर्पाले सयुक्त रुपमा सङ्गीतबद्ध गर्नुभएको हो ।  जावेद खानले छायाङ्कन गरेको यस भिडियोमा इरा महर्जनको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा कविता नेपाली र किरण तामाङ्को अभिनय छ ।  

युवा पुस्ताले विशेष रुपमा मन पराउने अङ्ग्रेजी शब्दको समेत गीतमा प्रयोग गरिएको छ । नेपाली र अङ्ग्रेजी आधा–आधा प्रयोग गरिनु उपयुक्त नभएको प्रतिक्रिया  दर्शक स्रोताले दिएका छन् । म्युजिक भिडियोमा नेपाली र अङ्ग्रेजी दुवै बोलमा गीत प्रस्तुत गरिएको छ ।

लुपी इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस भिडियोलाई उज्ज्वल जोशीको सम्पादन र निर्देशनमा तयार पारिएको हो । प्रगति बोगटी निर्माता र समिप सुवेदी भिडियोको सह–निर्माता हुनुहुन्छ । निर्माण समूहले भिडियोलाई हेरेर र सुनेर प्रतिक्रिया दिन सबैलाई आग्रह गरेको छ ।