५ आश्विन २०८१, शनिबार
,
Latest
मेयर बालेनले गरे सामुदायिक विद्यालयको अवलोकन : के भने ? (फाेटाेफिचर) एउटै नाउरको सिकार गर्न २३ लाख ! ‘दु:खीलाई दु:खले कहिल्यै नछोड्ने रहेछ’ तनहुँ, गोरखा र नवलपुरका विभिन्न ठाउँमा विद्युत् अवरुद्ध हुने डेढ करोडभन्दा बढी लागतमा बनेको पशु अस्पताल सञ्चालनमा आएन आज बागमती, गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षाको सम्भावना दसैँको टीकाकाे शुभ साइत असोज २६ गते बिहान ११:३६ बजे प्रगति प्रतिवेदन मेयर बालेनलाई बुझाउदै बिदा भए प्रदीप प्रधानमन्त्री ओली न्युयोर्क प्रस्थान, भारतीय प्रधानमन्त्रीसँग भेटवार्ता हुने वित्तीय संस्थालाई थप विश्वसनीय बनाउन जरुरी छः अर्थमन्त्री पौडेल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ बजेट परम्परागत भन्दा नयाँ छः अध्यक्ष राई



अ+ अ-

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राईले नयाँ बजेट परम्परागत भन्दा नयाँ रहेको प्रतिक्रिया दिनुभएको छ ।

उहाँले बजेटले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रश्तावहरु ल्याएको बताउनु भयो । उहाँले पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम बजेटमा उल्लेख भएको बताउनु भयो । बजेट बजेटका रुपमा मात्रै नआएको भन्दै उहाँले बजेट कार्यान्वयन गर्ने संयन्त्रहरुलाई मैत्रीपूर्ण बनाउने ढंगले आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ बजेट परम्परागत भन्दा नयाँ नै छ । यसले मुलुकको उत्पादन र रोजगारी वृद्धि गर्ने सम्बन्धमा नयाँ नयाँ प्रश्तावहरु लिएर आएको छ । पुरानोदेखि चलि आएका राष्ट्रिय महत्वका योजनाहरु अघि बढाउने र तिनीहरुलाई सम्पन्न गर्नेदेखि नयाँ ढंगले आफ्नो मुलुकको परम्परागत प्रविधिलाई विकास गरी औद्योगीकरण गर्दै लैजाने काम गरेको छ ।’

नेता राईले नारीलाई विकास, राजनीति र उत्पादनको क्षेत्रमा प्रभावकारी बनाउने ढंगले बजेट आएको बताउनु भयो । उहाँले बजेट कार्यान्वयन हुनेमा विश्वस्त रहेको बताउनु भयो ।