३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर आएको होः मन्त्री अर्याल



अ+ अ-

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले बजेट सबै मन्त्रालय र मन्त्रीहरुसँग सहमति गरेर नै बजेट ल्याइएको बताउनुभएको छ ।

आईतावर संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले नियतवश कुनै क्षेत्रलाई छुट्यायो भन्ने आरोप लगाउनु नहुने जिकिर गर्नुभयो । उहाँले सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्ने र ति क्षेत्रलाई आगामी बजेटमा नछुटाउन बहस र छलफल गर्न सकिने बताउनु भयो । उहाँले मन्त्रीहरुले बजेट पठाएपछि मात्रै बजेट आएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले बजेट ल्याउँदै गर्दा सबै क्षेत्रलाई समेट्यो समेटेन, निजी क्षेत्रलाई समेट्यो समेटेन, कर्मचारीहरुलाई समेट्यो की समेटेन । यसका बारेमा आज छलफल गर्दैछौँ । यो बजेट सरकारले ल्याएको हो । सरकारले बजेट ल्याउँदा कुनै क्षेत्र छुटेका हुनसक्छन्, अर्को पटक नछुटाउन के गर्न सकिन्छ भनेर बहस गर्न सकिन्छ । तर नियतवश छुटाइएको हो भनेर आरोप लगाउन उचित हुँदैन । बजेट बनाउँदा सबै मन्त्रालय र मन्त्रीहरुले बजेट पठाएर नै बजेट बन्ने हो । मलाई थाहा नभइ बजेट बन्यो भन्न म सक्दिन ।’

मन्त्री अर्यालले कर्मचारीको तलव बढाउने विषय श्रम मन्त्रालयअन्तर्गत नपर्ने बताउनु भयो ।