६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी ट्रष्टबाट झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब तथा बिपन्न परिवारलाई सहयोग हस्तान्तरण



अ+ अ-

झापा । हिमानी ट्रष्टले   झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब तथा बिपन्न परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ । कोषका संयोजक एबं पूर्वयुवराज्ञी हिमानी शाह नेतृत्वको टोलीले शनिबार झापाको भद्रपुर पृथ्वीनगरस्थित गरीब परिवारका बालबालिका तथा बृद्धबृद्धालाई राहत वितरण गरेको छ ।

राहत बितरण कार्यक्रममा  केही समयदेखि झापा दमकस्थित निवासमा बस्दै आउनु भएका पूर्वराजा ज्ञानेन्द्र शाह, हृदयेन्द्र शाहको पनि उपस्थिती रहेको थियो । कोषले पैसठ्ठी परिवारका बालबालिकालाई न्यानो कपडा तथा बृद्धबृद्धालाई स्लिपिङ ब्याग बितरण गरेको छ ।

यो क्षेत्र पञ्चायतकालमा राजा महेन्द्रले बीसत् बसाएको ठाउ हो  । जोडाको समयमा न्यायो राहत पाएपछि स्थानीय   खुसी भएका थिए भने पूर्ब राजालाई सामुन्नेमा देखेपछि राजसंस्थाको पक्षमा नाराबाजी समेत गरेका थिए । केही बर्ष यता हिमानी कोषले  सामाजिक क्षेत्रमा सक्रिय सहभागिता जनाउदै आएको छ ।