२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका छन्: सांसद झा



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले पुराना पार्टीहरु देशको अवस्था रास्वपाले बिगारेको भनेर पन्छिन खोजेका बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकमा विशेष समयमा बोल्दै सांसद झाले देशमा राजनीतिक, अर्थतन्त्र, संसदीय व्यवस्था, कर्मचारीतन्त्र, नीजि क्षेत्रको आत्मविश्वास राम्रो नभएको बताउनु भयो । उहाँले केही पुराना दलहरुले आफूहरुलाई देश बिगारेउ भनेर पन्छिन खोजेको बताउनु भयो ।

उहाँले आफूहरु राजनीतिमा आएको २३ महिना, संसदमा आएको १७ महिना र सरकारमा आएको १२२ दिनमात्रै भएको भन्दै आफूहरु राम्रो काम गर्ने प्रयास गरिरहेको बताउनु भयो । उहाँले आफूहरु केही विकल्प नभएर राजनीतिमा आएको व्यक्तिहरु नभएको बताउनु भयो । उहाँले आफुहरुको विगत कमजोर नभएको भन्दै धेरै आधारहरु आफूहरुसँग रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘२३ महिनामा राजनीति, १७ महिनामा सदन र १२२ दिनमा राज्यव्यवस्था बुझ्न केही बाँकी छ होला । हामी प्रयासहरु गर्दैछौँ । हामी अरु केही विकल्प नभएर राजनीतिमा आएको राजनीतिज्ञहरु पनि होइनौँ । हाम्रो विगत कमजोर पनि थिएन । हामी जेलमा यति दिन बस्यौँ र बागबजारमा यतिचोटी टायर बाल्यौँ भन्ने आधारमा राजनीतिमा उभिइरहेको पनि छैन । हामीसँग अरु धेरै आधार छ । केही गर्न आएकै छौँ । केही गर्ने प्रयास गरिरहेका छौँ । सदन खुलेको छ खुशीको कुरा । यति दिन बन्द हुँदै गर्दा चुरे दोहनको कारणले गर्दाखेरी मधेसको पानीको सतह तल गइसकेर मान्छेहरु मध्यरातमा उठेर पानी तान्छन् र चलाउँछन् किनकी दिउँसो पानी आउँदैन । यत्रो दिन त्यो चिन्ता कहाँ गएको थियो ? डढेलो लाग्दा हामी बोल्न चाहान्थ्यौँ । आज आएर सबै सरोकार सबै चिन्ता देखाउँदै हुनुहुन्छ ?’

उहाँले यतिका दिन संसद बन्द हुँदा जनसरोकारका विषयहरुमा आफूहरुले बोल्न नपाएको बताउनु भयो ।