२३ जेष्ठ २०८३, शनिबार
,
Latest
तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार भद्रगोल बन्योः अध्यक्ष कुँवर



अ+ अ-

काठमाडौँ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रका अध्यक्ष योगेन्द्र कुँवरले सामाजिक सुरक्षा ऐनको कार्यान्वयन हुन नसक्दा श्रम बजार अस्थिर र भद्रगोल भएको बताउनुभएको छ ।

ललितपुरमा संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको आयोजनामा भएको सुदृढ श्रम बजार, मर्यादित काम एवं सामाजिक न्याय विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष कुँवरले यस्तो गुनासो गर्नुभएको हो । उहाँले श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनुले श्रम बजार अस्थिर बनेको बताउनु भयो । उहाँले नीति र कानूनहरु भएपनि कार्यान्वयन हुन नसक्नु दुःखको विषय भएको बताउनु भयो ।

उहाँले श्रम निरीक्षण कमजोर हुनुले पनि श्रम ऐन कार्यान्वयनमा समस्या थपिएको बताउनु भयो । उहाँले श्रमजीविहरु ज्याला नपाउँदै गर्दा, कार्यस्थल असुरक्षित हुँदा र सामाजिक सुरक्षा नपाउँदा पनि बाध्य भएर सोही स्थानमा काम गर्नुपर्ने अवस्था रहेको बताउनु भयो । श्रम बजारलाई मर्यादित बनाउन थप सुदृढ गर्ने सन्दर्भमा चुनौति रहेको जिकिर गर्नुभयो । उहाँले धेरै ठाउँमा ट्रेड युनियनको उपस्थिति पनि कमजोर भएको पनि बताउनु भयो । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू हुने गरेको तर नभएको ठाउँमा समस्या यथावत रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अनौपचारिक अर्थतन्त्रमा जुन किसिमको वृद्धि भइरहेको छ र जुन किसिमको फर्मलाइजेशन हुनुपर्ने ठाउँमा झन इन्फरमलाइजेशन बढि गइरहेको छ । यसले श्रम बजार अझ अस्थिर र भद्रगोल भएर गएको छ । श्रम तथा योगदानमा आधारित सामाजिक सुरक्षा ऐन र योजनापूर्ण कार्यान्वयन नहुनु । हामीसँग नीति छ, कानूनहरु छ । तर त्यो कार्यान्वयन हुन सकेको छैन । हामीसँग श्रम निरीक्षण कमजोर छ । श्रम प्रशासन कमजोर छ । गुड गभर्नेन्स छैन ।

हामीसँग रोजगारीको अवसर कम भयो र बेरोजगारी असाध्यै बढी भयो । हाम्रा श्रमजीविहरु ज्याला नपाउँदै गर्दा पनि वा कार्यस्थल असुरक्षित हुँदै गर्दा पनि र सामाजिक सुरक्षा नपाउँदा पनि उहाँहरु काम गरिराख्नुभएको छ । त्यो बाध्यता छ । त्यो बाध्यताले गर्दा श्रम बजारलाई मर्यादित बनाउन, थप सुदृढ गर्ने सन्दर्भमा चुनौति बनेको छ । ट्रेड युनियनको उपस्थिति पनि कमजोर छ । ट्रेड युनियन रहेको ठाउँमा श्रम ऐन लागू भइरहेको छ । नभएको ठाउँमा श्रम ऐन लागू नभएको अवस्था छ । यसमा सुधार गर्नुपर्छ ।’

अध्यक्ष कुँवरले केन्द्र, प्रदेश र स्थानीय सरकारमा प्रभावकारी समन्वय हुन नसक्दा पनि कतिपय समस्या सिर्जना भइरहेको बताउनु भयो । उहाँले व्यवसायीहरुलाई उत्पादनमुलक र निर्यातमुलक व्यवसायलाई सरकारले प्रोत्साहन गर्न जरुरी रहेको बताउनु भयो । उहाँले टे«ड युनियन अधिकार संकुचित गर्ने काम भइरहेको भन्दै आपत्ति जनाउनु भयो ।