२९ भाद्र २०८३, सोमबार
,
Latest
पोखरामा खुला प्रौढ महिला तथा पुरुष भलिबल प्रतियोगिता बेहुली, पेन्सन पट्टा, गौँथली चलचित्र दर्शकको रोजाइमा प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग देशमा नेकपा (एमाले)को योगदान, भूमिका र कमजोरी : एक समग्र समीक्षा ‘एआई’को प्रयोग गरी कर्मकाण्ड विधिको विकास गरे नेपाली सन्तले एआईबाट राष्ट्रिय सुरक्षामा जोखिम : चिनियाँ गुप्तचर सुरक्षामन्त्री रसुवाका १३ खानेपानी आयोजनामा २५ करोड बढीको क्षति बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैनः प्रधानमन्त्री शाह बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
तपाईं के खोज्दै हुनुहुन्छ ?

च्याम्पियन्स लिगको फाइनल आज, उपाधिका लागि रियल मड्रिड र डर्टमण्ड भिड्दै



अ+ अ-

काठमाडौँ । च्याम्पिन्स लिग फुटलको फाइनल आज हुँदैछ । उपाधिका लागि स्पेनिस क्लब रियल मड्रिड र जर्मन क्लब बोरुसिया डर्टमण्डले प्रतिस्पर्धा गर्दैछन् । लण्डनस्थित वेम्बली स्टेडियममा हुने फाइनल खेल नेपाली समयानुसार मध्यरातमा १२ः४५ बजे सुरु हुनेछ ।

सेमिफाइनलमा रियलले बायर्न म्युनिखलाई तथा डर्टमण्डले पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई पराजित गर्दै दुई टोली फाइनलमा पुगेका हुन् ।

च्याम्पियन्स लिगमा रियल सबैभन्दा सफल टिम हो भर्ने डर्टमण्ड पहिलो पटक उपाधि जित्ने दाउमा छ । रियलले १४ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।

यता, २०१२–१३ मा फाइनलमा पुगेको डर्टमण्ड जर्मनकै बायर्न म्युनिखसँग २–१ गोलले पराजित हुँदै पहिलो उपाधि जित्नबाट चुकेको थियो ।