काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रभुको चरणमा होइन, जनताको शरणमा जान आग्रह गर्नु भएको छ ।
राष्ट्रिय सभाको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बीचमा जान डराउनेहरु नै विधि र पद्धतिको कुरा गरिरहेको आरोप लगाउनु भयो ।
उहाँले भन्नुभयो, कोही काेही रेस्लिङको रिङमा नजाँदासम्म निकै चुरीफुरी गर्छन् तर रिङमा गएपछि टिक्न सक्दैनन्, बाहिर बेल्ट लगाएर जिँतिदैन रिङमा गएपछि जितिने हो ।
प्रधानमन्त्री ओलीले सबैसँग अब निर्वाचनकाे रिङमा आउन आग्रह गर्नुभयाे ।
नेपाली राजनीतिमा निकै उखान, टुक्का र उदाहरण मिसाएर विपक्षीलाइ तेजाेबध गर्न खप्पिस प्रधानमन्त्री ओलीका केही दिनदेखिका लगातारका भाषणहरू मुख्यतः नेकपाकै अर्काे समूह प्रचण्ड- माधव समूहतर्फ बढी केन्द्रित छन् ।











