६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्तमान राजनीति कति जनहितमा छ? समीक्षा गर्न ढिला भयो – पूर्वराजा ज्ञानेन्द्र शाह



अ+ अ-

काठमाडौ ।  पूर्वराजा ज्ञानेन्द्र शाहले हालको राजनीतिक कति जनहितमा छ त्यसको समीक्षा गर्न बिलम्ब  भएको जनाउनु भएको छ ।  २९९अाैं पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै पूर्वराजा शाहले परिवर्तनका नाममा आफ्नो इतिहास, सभ्यता, धर्म संस्कृति र एकता भत्काउँदै पराय ईच्छा पूरा गर्ने अवान्छित कृयाकलाप भित्रिएको टिप्पणी गर्नु भएको छ ।

 राष्ट्रिय अखण्डताका निम्ति एकताको गाँठो बलियो पार्नु पर्ने भन्दै सन्देशमा शाहले यसको औचित्य हिजो, आज र भविष्यमा पनि रहने स्पष्ट पार्नु भएको छ ।  जनचाहना बमोजिम अघि बढ्न शाहवंशीय राजपरम्परा भएको स्मरण गराउँदै पूर्वराजा शाहले राष्ट्रियता, राष्ट्रिय एकता, राष्ट्रिय स्वाभिमान, राष्ट्रहितलाई केन्द्रमा राखेर काम गरेको जनाउनु भएको छ ।

उहाँले जनताको चाहना हुँदा शाहवंशीय राजाहरुले सक्रिय भूमिका निर्वाह गरेको जनाउँदै संवैधानिक राजतन्त्रको मर्यादा भित्र रहेर राजगद्दी त्याग्नेसम्मको उच्च साहस र इमान्दारिता दर्शाएको पनि स्मरण गर्नुभएको छ ।

शुभकामना सन्देशको पूर्ण पाठ