२० भाद्र २०८३, शनिबार
,
Latest
आपूर्ति व्यवस्था सहज बनाउन सरकार प्रतिवद्ध, अनधिकृत मूल्यवृद्धि गर्नेलाई कारबाहीको चेतावनी कृष्णभीरको भित्ता काट्ने काम अन्तिम चरणमा: नागढुङ्गा–मुग्लिङ सडक खण्ड आज सञ्चालनमा ल्याउने तयारी ग्यासको मूल्यवृद्धिबारे रास्वपा सांसद भण्डारीः सदन खुलेपछि के हुन्छ हेर्नुस् दुई करोड मूल्य बढीको ‘एप्पल एयर वर्डस’ बरामद माथिल्लो त्रिशूली–१ को सुरुङबाट ११ दिनपछि चिनियाँ नागरिकको जीवित उद्धार नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट महिलाको जीवितै उद्धार प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी संकलन ‘रसुवा बाढीपछि नुवाकोटका चार बस्ती जोखिममा’ स्कुटर र मिनी ट्रक ठोक्किँदा एक जनाको मृत्यु ग्यासको ढुवानी खर्च वृद्धिको वैज्ञानिक आधारमाथि सांसद भण्डारीको प्रश्नः व्यवसायीलाई अनुचित लाभ दिएको आरोप
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यसम्बन्धी सरकारको ध्यानाकर्षण गराउन राष्ट्रिय मानवअधिकार आयोगसमक्ष आग्रह



अ+ अ-

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगसमक्ष जनताको न्यूनतम मानवअधिकारको रक्षाका निमित्त सरकारलाई सचेत गराउन माग गरिएकोछ । 

स्वतन्त्र नागरिक समाजका तर्फबाट प्रकाश रायमाझी, धार्मिक एवं सामाजिक अभियन्ता विश्वभक्त बाबा र सामाजिक अभियन्ता सुलोचना थापाले आज आयोगलाई एक पत्र लेख्दै दिन प्रतिदिन बढ्दै गएको कृत्रिम महँगी कालोबजार जस्ता मानवीय मूल्यमान्यतासँग जोडिएका विषयमा आयोगसमक्ष सुशासनको प्रत्याभूति गराउन तत्काल क्रियात्मक भूमिका निर्वाह गर्न आग्रह गर्नुभएको छ । 

उहाँहरुले मानिसले बाँच्न पाउने नैसर्गीक अधिकारको समेत सरकारले बेवास्ता गरेको चुनौतीपूर्ण परिस्थितिमा जीवन निर्वाह गर्न बाध्य भइरहेको भन्दै नागरिकलाई कोरोनाको सामान्य औषधि सिटामोलसमेत बजारमा अभाव भएको र सरकार अस्पतालहरुमा सर्वसाधारणले उपचारै पाउन अवस्था नभएको बताउनुभएको छ । 

तेस्रो लहरको कोरोनाको खोप सर्वसाधारणलाई सरल ढङ्गबाट लगाउने व्यवस्था तत्काल गर्नुपर्ने भन्दै उहाँहरुले खोप केन्द्रहरुमा भएको अत्यधिक भिडतर्फ सरकार मौन देखिएकाले आयोगलाई तत्काल मानव रक्षाको विषयमा संवेदनशील बन्न आग्रह गर्नुभएको छ । 

सञ्चारकर्मीहरुलाई स्वास्थ्य उपचार, स्वास्थ्य बीमा र कार्यक्षेत्रमा बिनाअवरोध दैनिक कार्य गर्न पाउन पनि आयोगले वातावरण मिलाउनुपर्ने निवेदनमा उल्लेख छ ।