२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकप: भारत-पाकिस्तान को खेलमा आतंकवादी हमलाको खतरा



अ+ अ-

एजेन्सी । टी–२० विश्वकपमा भारत–पाकिस्तान खेलका बेला आतंकवादी हमलाको खतरा देखिएको छ । भारत–पाकिस्तानको खेल जुन ९ मा न्युयोर्कको आइसेनहोवर पार्कस्थित नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा हुन लागेको छ । जोखिमलाई मध्यनजर गर्दै सहरको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

आतंकवादी संगठन आइएसआईएसको खोरासानले एक भिडियो जारी गर्दै आफ्ना आक्रमणकारीहरूलाई ‘लोन वुल्फ’ आक्रमण गर्न आग्रह गरेको भारतीय सञ्चारमाध्यमले लेखेको छ । लोन वुल्फ आक्रमण केवल एक आक्रमणकारीको प्रयोग गरिन्छ।

खबर पाएसँगै न्यूयोर्कका गभर्नरले सुरक्षा व्यवस्थालाई थप कडाइ गर्न निर्देशन दिएका छन् । गभर्नर क्याथी होचेलले भनेका छन्– ‘विश्वकपलाई लिएर कुनै गम्भीर खतरा छैन। सुरक्षा व्यवस्थालाई थप कडाइ गरिएको छ । प्रशासनले हरेक अवस्थाको निरन्तर अनुगमन गरिरहेको छ ।’

टी–२० विश्वकपमा ५–५ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ। भारत र पाकिस्तानको समुहमा आयरल्याण्ड, क्यानडा र अमेरिका पनि रहेका छन्। भारत र पाकिस्तानले आफ्ना सबै खेल अमेरिकामा मात्र खेल्नेछन् ।