१० श्रावण २०८३, आईतवार
,
Latest
किसानको खेतमै पुगेर प्राङ्गारिक मलको प्रयोग बढाउन मन्त्री चौधरीको आग्रह मध्यावधि चुनावमा ट्रम्पको परीक्षा, मतदान हुन १०० दिन बाँकी सुनचाँदीको मूल्य बढ्यो सुरक्षा जाँच छल्ने प्रयास असफल, लागूऔषधसहित युवक पक्राउ प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह ‘नाउल’ टाइफुनले दक्षिणी चीनमा जनजीवन प्रभावित ‘कालोपत्रे सडक निर्माणसँगै फेरियो घ्याङलेखवासीको दैनिकी’ सरकारलाई कुलमान घिसिङकाे प्रश्नः उद्योगको अर्बौं बक्यौता असुलीमा किन मौन? नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमवार उद्घाटन गरिँदैः तत्कालका लागि आकस्मिक सवारीलाई मात्र अनुमति वेस्ट बैंकमा घातक आक्रमणपछि इजरायली सेनाद्वारा ‘वृहत’ सैन्य कारबाहीको तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपअघि नेदरल्याण्ड्सको धमाका, विश्व च्याम्पियन टोलीलाई हराएर सबैलाई चकित पार्यो



अ+ अ-

एजेन्सी । वेस्ट इन्डिज र अमेरिकाको आयोजनामा टी–२० विश्वकप २०२४ जुन २ बाट सुरु हुँदैछ ।

यसअघि वार्मअप म्याच खेलाइँदै छ, जहाँ बंगलादेश र अमेरिकाबीचको अभ्यास खेल वर्षा र खराब मौसमका कारण रद्द भएको थियो ।

यस्तै, अष्ट्रेलियाले आफ्नो अभ्यास खेलमा नामिबियालाई ७ विकेटले पराजित गरेको छ । तर, तेस्रो अभ्यास खेलले सबैलाई चकित बनायो । हाई भोल्टेज खेलमा नेदरल्याण्ड्सले श्रीलंकालाई २० रनले पराजित गरेको छ । विश्व च्याम्पियन टोलीलाई पराजित गर्दै नेदरल्याण्ड्सले सबैलाई चकित बनाएको छ ।

पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको थियो । जवाफमा लक्ष्य पछ्याउने क्रममा श्रीलंकाको टोली १८ दशमलव ५ ओभरमा १६१ रनमा अलआउट भयो ।

विश्व च्याम्पियन टोलीविरुद्ध नेदरल्यान्ड्सको यो जित निकै महत्वपूर्ण छ, किनभने यो जितले टोलीका खेलाडीको आत्मविश्वास बढ्नेछ । प्रतियोगितामा राम्रो प्रदर्शन गर्न सक्षम हुनेछ ।

नेदरल्याण्ड्सका कप्तान स्कट एडवर्ड्सले श्रीलंका विरुद्धको अभ्यास खेलमा अन्तिममा आक्रामक खेल्दै जित दिलाए उनले १२ बलमा २७ रनको पारी खेले । उनी बाहेक माइकलले ५५ रनको इनिङ खेल्दै टोलीलाई यो स्कोर बनाउन मद्दत गरे ।

नेदरल्याण्ड्सले सन् २०२४ को टी–२० विश्वकपमा नेपालसँग जुन ४ मा खेल्दै आफ्नो अभियान सुरु गर्नेछ । समूह ‘डी’ मा नेदरल्याण्ड्स, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश र श्रीलंका रहेका छन् ।