१८ भाद्र २०८३, बिहीबार
,
Latest
नगरवासीलाई मनोसामाजिक सहयोग उपलब्ध गराउँदै हेटौँडा उपमहानगर एनएसजेएफ पल्सर अवार्डः चन्द्र र एरिका ‘वर्ष उत्कृष्ट खेलाडी’ घोषित बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण इजरायली राजदूतद्वारा मुख्यमन्त्री आचार्यसँग शिष्टाचार भेट खेलकुदले विद्यार्थी र युवाको मानसिक स्वास्थ्यमा सहयोग पुर्याइरहेको छः मन्त्री पोखरेल पर्साका स्थानीय तह, उद्योगपति तथा समाजसेवीद्वारा आर्थिक सहयोग बाढीपछि कति आयो अन्तर्राष्ट्रिय सहयोग ? हामीले गरेको नगन्य गल्तीको ठूलो सजाय भोग्यौँ : प्रधानमन्त्री शाह भोटेकोसीपछि उठेको प्रश्न: जलवायु संकटको मूल्य कसले तिर्ने?
तपाईं के खोज्दै हुनुहुन्छ ?

यो ६ वर्षको गोरुले बनायो विश्व कीर्तिमान



अ+ अ-

एजेन्सी । विश्व कीर्तिमान बनाउन जनावरहरू पनि मानिसभन्दा पछाडि छैनन् । कयौं पटक जनावरहरूले पनि यस्तो रेकर्ड बनाउँछन्, जसको बारेमा थाहा पाउँदा अचम्म लाग्न सक्छ ।

यसको पछिल्लो उदाहरण अमेरिकाबाट आएको छ, जहाँ एउटा गोरुले गिनिज वल्र्ड रेकर्डमा नाम दर्ता गराएको छ । वास्तवमा, ६ वर्षीय होल्स्टेन स्टियर रोमियोलाई संसारको सबैभन्दा अग्लो साँढेको उपाधि दिइएको छ ।

अमेरिकाको ओरेगनमा रहेको एउटा पशु अभयारण्यमा बस्ने साँढे रोमियो यति अग्लो र चौडा छ कि उसलाई देखेपछि धेरैजसो डराउँछन् । तर, रोमियोको स्वभाव निकै शान्त रहेको बताइएको छ ।

गिनिज वल्र्ड रेकर्ड्सले ६ फिट ४.५ इन्च अग्लो उभिएका ६ वर्षीय रोमियोलाई विश्वको सबैभन्दा ठूलो साँढेको रूपमा मान्यता दिएको छ । गिनिज वल्र्ड रेकर्डका अनुसार ६ वर्षीय रोमियोले अघिल्लो कीर्तिमान राख्ने टमीलाई ३ इन्चले पछाडि पारेका छन् ।

हालै गिनिज वल्र्ड रेकर्ड्सले आफ्नो अफिसियल एक्स अकाउन्टमा पोस्ट सेयर गरेर यो जानकारी दिएको छ । पोष्टसँगै रोमियोको एउटा मनमोहक भिडियो पनि सेयर गरिएको छ ।

गिनिज वल्र्ड रेकर्ड्सले दिएको जानकारी अनुसार रोमियोलाई खाना मन पर्छ । विशेषगरी उ स्याउ र केरा खान मन पराउँछन् । रोमियोले हरेक दिन १०० पाउण्ड वा ४५ किलोग्राम घाँस खान्छ । यसका साथै अन्न र अन्य चीजहरू पनि खुवाइन्छ । उसको ठूलो आकारको कारण, उसलाई आरामदायी र लामो आश्रय चाहिन्छ ।

मिस्टीले भने कि जब रोमियो १० दिनको थियो, उसलाई मार्नका लागि वधशालामा लगिएको थियो तर उनीहरूले बचाए । त्यसबेलादेखि उनले रोमियोलाई आफूसँग राखे ।