२५ मंसिर २०८२, बिहीबार
,
Latest
एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने ब्याटरले रन बनाउने जिम्मेवारी नलिँदा खेल हार्न पुग्यौँः मुख्य प्रशिक्षक धमीका हिमालयन विश्वविद्यालय कन्सोर्टियमको सचिवालय काठमाडौँ विश्वविद्यालयलाई एमाले महाधिवेशनः कार्यकर्ताको आगमनले चहलपहल बढ्यो जेनजी आन्दोलनमा ८४ अर्ब बराबरको क्षति कुण्डेश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलका रुपमा विकास गरिने हरेक संकटपछि पुनरुत्थानतिर नेपाली पर्यटन क्षेत्र सरकार र जेनजीबीच भएको सम्झौता अस्वीकार्य छ : कमन जेनजी अध्यक्ष विकेश साह एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा चीनको आर्थिक वृद्धिको आधार अझै मजबुत हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आयोः प्रकाशशरण महत



photo:rss
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद एवं पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले धेरै पुराना आयोजना अलपत्र हुने किसिमले बजेट आएको बताउनुभएको छ ।

मंगलवार संसद भवन परिसरमा बजेट प्रश्तुत गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले विनियोजनको कुरा गर्दा प्राथमिकताको कुरा नछुट्याइएको बताउनु भयो ।

उहाँले अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने कुराहरु नरहेको बताउनु भयो । उहँँले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन भउको बताउनु भयो । उहाँले अर्थमन्त्रीको कार्यशैलीबाट नेपालमा उत्पादन बढ्ने, लगानी आउने परिवेश नरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘करका कस्ता कस्ता प्रावधान छन्, केके ठाउँमा हटाइएको छ वा थपिएको छ । त्यसलाई समग्र रुपमा हेरिसकेपछि निस्कर्षमा पुग्न सकिन्छ । तर समग्रमा विनियोजनको कुरा गर्दा उहाँहरुले प्राथमिकताको कुरा गर्नुभएको छैन । अत्यावश्यक ठाउँमा, अत्यावश्यक पूर्वाधारमा खर्च गर्ने र गैरप्राथमिकताका पूर्वाधार क्षेत्रमा ड्रप गर्ने, यि कुनैपनि कुरा गर्नुभएको छैन ।

सायद उहाँहरुले आफ्ना समर्थकहरुको ठाउँमा बजेट यथेष्ठ विजियोजन गर्नुभएको छ । धेरै पुराना आयोजना अलपत्र हुनेवाला छन् । अर्थमन्त्रीको कार्यशैलीबाट यहाँ उत्पादन बढ्ने, लगानी आउने परिवेश देखिरहेको छैन । बजेटमा धेरै विषयवस्तु छुने कोशिष गरिएको छ तर निश्चित रुपमा त्यसबाट परिणाम आउने देख्दिन ।’

सांसद महतले धेरै सुधारका कार्यक्रम र बजेटरी सिस्टमलाई अनुशासनमा ल्याउने बाटोलाई अवरुद्ध गरेको आरोप लगाउनु भयो ।