६ असार २०८३, शनिबार
,
Latest
बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान राहुघाट जलविद्युत् आयोजनाः भौतिक संरचना परीक्षण गर्न सुरु धवल शमशेरलाई लिङ्देनले भने – पार्टी छाडेर गल्ती नगर्नुस् जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ



अ+ अ-

काठमाडौं । स्रोत नखुलेको ३७ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्।  चितवनबाट काठमाडौं आउँदै गरेको बा३ख ९१३९ नम्बरको माइक्रो बसमा सवार चितवन माडी नगरपालिका-६ बस्ने २६ वर्षीय रामकुमार गुरूङलाई पक्राउ गरेको हो । 

महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले गाडीमा सवार उनको झोला जाँच गरेको थियो। त्यसैक्रममा लुकाएर ल्याइएको नगद र चेक फेला परेको प्रहरीले जनाएको छ। 

उनीबाट ७ लाख ११ हजार रुपैयाँ लेखिएको ग्लोबल आइएमई बैंकको चेक र हस्ताक्षर भएको तर नगद उल्लेख नभएको अर्को चेक पनि बरामद भएको प्रहरीले जनाएको छ।