• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo

भारतको आइजोलमा ढुङ्गाको थुप्रो खस्दा १० जनाको मृत्यु



आइजोल । लगातार वर्षापछि मिजोरामको राजधानी आइजोलमा ढुङ्गाको थुप्रो खस्दा दश जनाको ज्यान गएको प्रहरी अधिकारीले बताएका छन् ।

अधिकारीका अनुसार, आइजोलको बाहिरी इलाकामा भारी वर्षाका कारण भएको घटनामा मिजोरामका प्रहरी महानिर्देशक अनिल शुक्लाले सुरुमा सात जनाको मृत्यु भएको पुष्टि भएपनि रिपोर्टमा मृतकको सङ्ख्या बढेर दश पुगेको छ ।

दुर्घटनाका कारण मानिसको मृत्यु हुनुका साथै रूख तथा बिजुलीका खम्बाहरू उखडिएका छन् भने बाढीका कारण धेरै सडक दुर्गम भएका छन् । मिजोरामका डीजीपीले राज्यका विभिन्न भागबाट धेरै पहिरोका घटना भइरहेके जनाएको छ ।

प्रहरी कर्मचारीहरू निरन्तर उद्धार कार्यमा संलग्न रहेको बताउँदै नदीको जलस्तर बढेकाले नदी किनारकामा बसोबास गर्ने मानिसलाई सुरक्षित स्थानमा सारिएको डीजीपीले बताउनुभयो ।

मिजोरमका मुख्यमन्त्री लालदुहोमाले राज्यभित्र प्रभावितलाई सहयोग गर्न राहतको प्याकेज घोषणा गरेका छन् । सूचना तथा जनसम्पर्क विभागले प्रभावित व्यक्तिलाई १५ करोड रुपैयाँ सहायता प्राप्त हुने र मृतकका आफन्तलाई रु चार लाख प्रदान गरिने बताएको छ ।

यसैबीच, बङ्गलादेशसँग सीमा जोडिएको मिजोरममा चक्रवात रेमलको केही पछिको प्रभावले राज्य प्रशासनलाई सावधानीका उपाय जारी गर्न प्रेरित गरेको छ । विपद् व्यवस्थापन, स्वास्थ्य सेवा र सार्वजनिक उपयोगिताका लागि आवश्यक बाहेक सबै सरकारी कार्यालय सन् २०२४ मे–२८ मा बन्द गर्ने आदेश दिइएको छ ।

सो राज्य प्रशासनले विज्ञप्ति जारी गर्दै खराब मौसम र भारतीय मौसम विज्ञान विभाग (आइएमडी)द्वारा साइक्लोन रेमलमा जारी गरिएको चेतावनीलाई ध्यानमा राख्दै, सरकारले विपद् व्यवस्थापन र पुन:वास, जिल्ला प्रशासन, स्वास्थ्य र परिवार कल्याण, ऊर्जा र बिजुली, स्वास्थ्य, आदि सेवा प्रदायक कार्यालय बाहेक मे–२८ मङ्गलबार सबै सरकारी कार्यालय बन्द गर्ने आदेश दिएको छ ।

सचिव तथा विभाग प्रमुखले आ–आफ्नो विभागका अधिकारी र कर्मचारीले सो दिन घरबाटै काम गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

भारतीय मौसम विज्ञान विभाग (आइएमडी)ले विभिन्न क्षेत्रमा ४०–५० किलोमिटर प्रति घण्टादेखि ३५–४५ किलोमिटर प्रतिघण्टासम्मको आँधीबेहरीको चेतावनी जारी गरेको छ । मे –२८ २०२४ को साँझसम्म मौसम प्रतिकूलताको अवस्था रहने अनुमान गरिएको छ ।

दक्षिणमा हावाको गति ४०–५० किलोमिटर प्रतिघण्टादेखि ६० किलोमिटर प्रतिघण्टासम्म पुग्ने सम्भावना छ । असम र मेघालय, मिजोरम, त्रिपुरा र नागाल्यान्ड, मणिपुर र असमका बाँकी भागमा मे–२८ को दिउँसोसम्म ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टाको गतिमा घुम्ने सम्भावना छ । मे–२८ को साँझसम्म असम, मेघालय, मिजोरम र त्रिपुरामा ३५–४५ किलोमिटर प्रतिघण्टादेखि ५५ किलोमिटर प्रतिघण्टासम्म घट्ने सम्भावना छ ।