९ भाद्र २०८३, मंगलवार
,
Latest
नाडा अटो शोमा फराइजनको १३ सिटे ईभी भ्यान सार्वजनिक नाडा अटो शोमा हाइगरको ३१ सिटे प्रिमियम ईभी कोच सार्वजनिक स्याङ्जाकाे वालिङमा ९० लिटर अवैध घरेलु मदिरा बरामद गरी नष्ट राप्रपामै पदमुक्तको विवाद : बागमती अध्यक्षले सभामुखलाई पठाए छुट्टै पत्र महिला उद्यमीका कृषि तथा वनजन्य उत्पादनको प्रदर्शनी घरेलु श्रमलाई औपचारिकरण गर्ने दिशामा सरकार अघि बढेको छ : मन्त्री यादव सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छः मुख्यमन्त्री कार्की कर प्रणालीमा सुधारः सात दिनभित्र भ्याट विवरण सच्याउन पाइने, ईटीडीएसमा कडाइ माटो सुधार योजनालाइ प्राथमिकतामा राखेर काम गरिरहेका छौँः कृषिमन्त्री चौधरी आन्तरिक राजश्व विभागद्वारा करदाता पोर्टलको नयाँ संस्करण सञ्चालनमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमा प्रश्तुत हुने बजेटको विषयमा बैठक बसेको हो । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था छ, त्यसअनुसार अहिले तयार भएको बजेट छ, त्यसको विषयमा ब्रिफिङ र बजेट पास गर्ने काम भयो । बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्नेगरी निर्णय भएको छ ।’

सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्ने निर्णय गरेको छ ।