२० आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद्‍बाट पारित भयो बजेट



अ+ अ-

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८१/०८२ का बजेट मन्त्रीपरिषद्को बैठकबाट पारित भएको छ ।

मंगलवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट पारित गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताउनु भयो । उहाँकाअनुसार सरकारले जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था रहेको सोही विषयमा मात्रै बैठक केन्द्रित भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिले संसदमा प्रश्तुत हुने बजेटको विषयमा बैठक बसेको हो । संवैधानिक व्यवस्थाअनुसार आज जेठ १५ गते हाम्रो बजेट सार्वजनिक गर्ने व्यवस्था छ, त्यसअनुसार अहिले तयार भएको बजेट छ, त्यसको विषयमा ब्रिफिङ र बजेट पास गर्ने काम भयो । बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्नेगरी निर्णय भएको छ ।’

सरकारले बजेटसँग सम्बन्धित केही कानूनहरु पनि संसदमा प्रश्तुत गर्ने निर्णय गरेको छ ।