३ पुष २०८२, बिहीबार
,
Latest
राष्ट्रिय प्रकृति संरक्षण कोषको सदस्य सचिवमा डा सुवेदी नियुक्त न्युन पारिश्रामिकमा कामदार विदेश पठाउनु हुँदैनः मन्त्री भण्डारी तरुलखेतीबाट २२ जनालाई रोजगारी, सात लाख बचत ईश्वर पोखरेलद्वारा पराजयपछि मतदाताप्रति आभार व्यक्त, उठाएका मुद्दाले निरन्तरता पाउने विश्वास निजी क्षेत्रको मनोबल उच्च गर्न सरकार प्रतिवद्धः उद्योगमन्त्री सिन्हा एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ राजनीतिक यात्रा उपमेयर सुनिता डंगोल एमाले केन्द्रीय सदस्यमा निर्वाचित व्यापार गर्ने जिम्मा निजी क्षेत्रलाई दिनुपर्छ: निर्देशक शर्मा डाडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाः पाँच वर्षमा ७० प्रतिशतकाम सम्पन्न जेन–जी सम्झौतापछि निजी क्षेत्रमाथि आक्रमण गर्नेहरु कारबाहीमा पर्दैन की भन्ने संशय देखियोः ढकाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ४३० जनामा संक्रमण पुष्टि, ३९० जना डिस्चार्ज



अ+ अ-

काठमाडौं । मंगलबार देशभर ४३० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा देशभर ५३०० जनाको पिसिआर परिक्षणमा १७७ महिला र २५३ पुरुषसहित ४३० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ ।

मन्त्रालयका अनुसार हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ । कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएसंगै हालसम्म संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।