• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   ‘ओस्कार अवार्ड जित्ने अभिनय’ गरेका गुलबदिन नइबमाथि प्रतिबन्धको खतरा ? ★   राडीपाखी बुन्ने चलन हराउन थाल्यो ★   कारागार व्यवस्थापन विभागद्वारा कैदकट्टाका लागि ६२० जनाको नाम सिफारिस ★   दिल्ली अन्त: शुल्क मामिलामा सीबीआईद्वारा केजरीवाललाई अदालतबाट पक्राउ ★   मकवानपुरमा जङ्गली च्याउ खाँदा तीन जनाको मृत्यु, १६ बिरामी ★   दक्षिण अफ्रिकाको खराब कीर्तिमान भन्छ – अफगानिस्तान फाइनलमा पुग्नेछ ★   मदन भण्डारी राष्ट्रिय पुरस्कार कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र पुरस्कृत हुने ★   गलत बाटोबाट सही गन्तव्यमा पुगिँदैन, लागुऔषध त्यागेर समाज सुधारक बनौँ: उपप्रधानमन्त्री लामिछाने ★   टी–२० विश्कपः इंग्ल्याण्डलाई बाहिर पठाउन लागिपरेको अष्ट्रेलिया उल्टै आफैँ घर फर्कियो ★   नारायणगढ –मुग्लिन सडक अवरुद्ध

आईपीएल फाइनलमा भारतबाट विश्वकप खेल्ने कुनै पनि खेलाडी परेनन्



एजेन्सी । यो सिजनको आईपीएलको फाइनल खेल आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुनेछ । खेल साँझ ७ः४५ बजे सुरु हुनेछ ।

रोचक प्रसंग के रहेको छ भने चेपौकको मैदानमा हुन लागेको यो खेलमा भारतीय विश्वकप टोलीका कुनै पनि खेलाडी देखिने छैनन् ।

कोलकाता र हैदरावादमा खेलिएको फाइनलमा विश्वकपका लागि छनोट भएको १६ सदस्यीय भारतीय टोलीमा कुनै पनि खेलाडी परेका छैनन् । कोलकाताका रिंकु सिंह मात्र रिजर्भ खेलाडी छन् ।

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ । भारतीय टोलीका खेलाडी शनिबार अमेरिका प्रस्थान गरेका छन् ।

कोलकाता र हैदरावादले यस सिजनको फाइनल खेल्दा अष्ट्रेलिया र दक्षिण अफ्रिकाका ३र३ खेलाडी समावेश छन् । वेस्ट इन्डिज र अफगानिस्तानका २–२ खेलाडी समावेश छन् । यस्तै, एक न्युजिल्यान्डका खेलाडी पनि आईपीएल फाइनलको हिस्सा बनेका छन् ।

टी–२० विश्वकपका लागि भारतीय टोलीमा मुम्बई इन्डियन्सका सबैभन्दा धेरै खेलाडी (४) छन् । ३–३ खेलाडी दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका छन् । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट २–२ र पञ्जाब किंग्सका एक खेलाडी विश्वकप टिममा परेका छन् ।

विश्वकप खेल्ने भारतीय टोलीः रोहित शर्मा (कप्तान), हार्दिक पाण्ड्या (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सामसन, ऋषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज ।